"2513058968709111" /> महेन्द्र आदर्श उमाबिको ५६ औँ बार्षिकोत्सब आज सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

महेन्द्र आदर्श उमाबिको ५६ औँ बार्षिकोत्सब आज सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी
पौष ३०–
महेन्द्र आदर्श उमाबि वामीको ५६ आँै बार्षिकउत्सब बिबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुका साथ आज सम्पन्न भएको छ । पौष २५ गतेदेखी शुरु भएको बार्षिकउत्सबम कार्यक्रममा उमाबि, माबि, निमाबी तथा अङ्ग्रेजी माध्यम अन्तर्गतका अन्तर सदानात्मक खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम हरु सम्पन्न भएका छन । जस अन्तर्गत अन्तरसादानात्मक प्रभातफेरी, हाजीरी जबाफ, भलिबल, दौड प्रतियोगीता, पिटी प्रदर्शन तथा सलामी ग्रहण, रेकर्ड डान्स, सटपुट, हाईजम्प, लङ्जम्प माबि तथा उमाबि स्तरीय फुटबल प्रतियोगीता लगायतका कार्यक्रमहरु सम्पन्न भएको बिद्यालय श्रोतले जनाएको छ । बिद्यालयमा सञ्चालीत सम्पुर्ण खेलकुद प्रस्तुतीहरुमा उमाबि तर्फ प्रकास घिमिरे नेतृत्वको गण्डकी तथा नारायणसिँह ठकुरी नेतृत्वको मेची सदन प्रथम, अनिश गैरे नेतृत्वको महाकाली र मनोज केसी नेतृत्वको कोसी सदन द्धितिय भएका छन ।
कार्यक्रममा बिभिन्न बिधाबाट उत्कृष्ट समुह तथा बिद्यार्थीहरु साथै सदन शिक्षकहरुलाई पुरस्कृत गरिएको छ । साथै सोही अबसरमा बिद्यालयका चन्दादाता वामी २ निबासी समाजसेबी कृष्ण प्रसाद सापकोटा लगायतलाई सम्मान गरिएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थमणि काफ्लेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.