डेढ लाख रकम सहित अख्तीयारकै अधिकृत पक्राउ ।।
माघ १०–
अख्तीयार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगालको टोलीले आयोगकै पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटामा कार्यरत अनुसन्धान अधिकृत खिमानन्द ज्ञवालीलाई घुस वापत लिएको १ लाख ५० हजार रकम सहित आज पक्राउ गरेको छ । मुद्धा मिलाईदिने भन्दै जिल्ला निर्वाचन कार्यालय संखुवासभामा कार्यरत शाखा अधिकृत भक्तबहादुर भट्टराईस“ग लिएको रकम सहित आवासबाटै बिहान ११ बजे पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान केन्द्रिय कार्यालयबाट खटिएको प्रहरी टोलीका निरिक्षक पुष्पराज मल्लले बताउनुभयो । निरिक्षक मल्लले ज्ञवाली र भट्टराईबीच भएको टेलिफोन संवादको अडियो र दृष्यका आधार बनाएर अनुसन्धानको दायरामा राखिएको बताउनु भएको छ । ज्ञवालीले घुस बापत लिएको रकम भन्छा भित्र झोलामा राखेको अबस्थामा फेला पारेको उहाँले बताउनुभयो ।

No comments: