"2513058968709111" /> नेपालको डिभिजन वानमा जाने सपना अधुरै - अनिश शर्मा गैरे
Breaking News
recent

नेपालको डिभिजन वानमा जाने सपना अधुरै

फोटो :फाइल फोटो
काठमाडौं: नामिबियामा जारी आइसिसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन दुईमा शुक्रबार केन्यासगँ नेपाल पराजित भएको छ। हारसँगै नेपालको डिभिजन वानमा जाने सपना अधुरै रहेको छ।

टस हारेर नेपालले  केन्यालाई जितको लागि १९५ रनको चुनौती दिएको थियो । नेपालले दिएको चुनौती पछ्याउदै ३५ ओभरमा ५ विकेट खर्च गर्दै केन्याले लक्ष्य भेट्न सफल भएको हो ।  राउन्ड रोबिन लिग खेलको अन्तिम खेलमा अनपेक्षित नतिजा निस्किएपछि नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन एक पुग्न असफल भएको छ।
 
शुक्रबार भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भयो। अर्को खेलमा युगान्डामाथि शानदार जित हात पार्दै नेदरल्यान्ड्सले नेपाललाई नेटरनरेटमा पछाडी पारेर दोस्रो स्थानमा रह्‍यो।  
नामिबिया र नेदरल्यान्ड्स डिभिजन एकमा पुगे। राउन्ड रोबिन लिगको सबै खेलको समाप्तीपछि नामिबिया पाँच खेलमा आठ अंक जोडेर शिर्षस्थानमा रह्यो। नेदरल्यान्ड्स र नेपालको समान ६ अंक भयो तर नेट रनरेटमा पछाडी प:यो। प्रतियोगिताको शिर्ष दुई टोली डिभिजन एक पुग्ने प्रावधान थियो। नामिबिया र नेदरल्यान्ड्सले डिभिजन एकमा पुगेपछि अब एकदिवशिय स्वरुपको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र चारदिवशिय स्वरुपको इन्टर कन्टिनेन्टल कप खेल्नेछन। 
 
केन्यासँग भिड्नुअघि नेपाल अन्तिम खेलमा पराजित भएपनि अगाडी बढ्ने अवस्था थियो। तर नेदरल्यान्ड्सले युगान्डालाई ७९ रनमा अलआउट गरि ६.३ ओभरमा लक्ष्य पुरा गरेर नेटरनरेट बलियो बनाएको थियो। नेपालले केन्यासँग पहिला ब्याटिङ गर्दै ४९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ९४ रन जोडेको थियो। नेपालको पालीमा उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित ९१ रन जोडे।

केन्याले ३५ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पुरा ग:यो। १३ रनमा दुई विकेट गुमाएको केन्यालाई विकेटकिपर इरफान करिम, कप्तान राकेप पटेल र प्रारम्भिक ब्याट्सम्यान एलेक्स ओबान्डाले जित दिलाए। करिमले अविजित ७५ रन जोडे भने पटेलले ५६ र ओबान्डाले ४५ रन जोडे। 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.