मोटरसाइकल र साईकल एक आपसमा ठोक्किदा एकको मृत्यु ।।
पौष ३०–
कैलालीको फूलवारी गाविस वडा नम्वर ९ स्थित डि गाउँमा मोटरसाईकल र साईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन् । प्रहरीका अनुसार से ३ प ८४१ नम्वरको मोटरसाईकका चालक धनगढी नगरपालिका वडा नम्वर ७ बेलीका ३० वर्षका हरी चौधरीको घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट साईकल यात्री फूलवारी गाविस वडा नम्वर ९ डी गाउँकी ४० वर्षीया रिता खड्का गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको बताइएको छ । त्यस्तै मकवानपुरको हेटौडामा ट्रकको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । ना ५ ख २५७७ नम्बर को ट्रकले हेटौडाको बुद्ध चोकमा ठक्कर दिदा हेटौडा उपमहानगरपालिका ३ बस्ने ४० बर्षीया माधुरी मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments: