रे.न.पा.को दोश्रो नगर परिषद सम्पन्न
पौष ३०–
गुल्मीको रेसुङ्गा नगरपालिकाको दोश्रो नगर परिषद अहिले सदरमुकाम तम्घासको वालमन्दिर सभाहलमा सम्पन्न भएको छ । परिषदको गुल्मीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रासद गैरैले उद्घाटन गरेका हुन् । समारोहमा स्थानिय विकास अधिकारी डिलाराम पन्थी, स्थानिय विकास मन्त्रालयका उपसचिव लक्ष्मी पाण्डे गौतम लगायतको विशेष आतिथ्यता रहेको थियो । परिषदमा रेसुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गरेका थिए । उनले रेसुङ्गा नगरपालिकालाई भौतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकिय रुपबाट समुन्नत, आत्मनिर्भर र स्वावलम्बी बनाउने कार्यक्रम अगाडी सारेको प्रस्तुत नीति तथा कार्यक्रममा दावि गरेका छन् । परिषदका अध्यक्ष समेत रहेका पल्लीले चालु तर्फ ८० लाख ९ हजार खर्च हुने प्रस्ताव पेश गरेका छन भने पुँजीगत तर्फ ४ करोड २२ लाख २८ हजार सहित कुला ५ करोड २३ लाख ७ हजार वजेट प्रस्ताव गरेका छन् । परिषदको उद्घाटन सत्रमा नेवा खलः गुल्मीले लाखे नाच झाँकी, साविकको अर्खले गाविसका भजन मण्डलीद्धारा भजन र रेसुङ्गा नगरपालिका–१४, साविकको दुवीचौर गाविसस्थित घोर्ले गाउँका जनजातीहरुबाट जनजाती सास्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति चन्द्रबहादुर केसी, नेकपा एमालेका कार्यवाह अध्यक्ष मधुकृष्ण पन्त, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष सुदर्शन वराल लगायत भिन्न राजनैतिक दल , सामाजिक, शैक्षिक र अन्य विभिन्न संघ–संस्थाका प्रमुख प्रतिनिधीहरुको आतिथ्यता थियो । रेसुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर नेत्र बि.क.को स्वागत मन्तव्य र नगर प्रतिनिधी गोपालप्रसाद पन्थीको सञ्चालन रहेको थियो ।

No comments: