"2513058968709111" /> आज बसन्त पञ्चमी, सरस्वतीको पुजा गरिदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज बसन्त पञ्चमी, सरस्वतीको पुजा गरिदै ।।

Goddess Saraswatimagh 11–
विद्याकी देवी सरस्वतीको पूजाअर्चनासहित आइतबार श्रीपञ्चमी मनाइ“दै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । ‘वसन्त पञ्चमी’बाट समेत प्रसिद्ध पर्वमा वीणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीलाई खासगरी विद्यार्थीले पूजा गर्ने चलन छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी भनिएको हो । श्रीपञ्चमीकै दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । यस दिन केटाकेटीको नाक, कान छेड्नका लागि पनि उत्तम साइत मानिन्छ । त्यस्तै, साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकलगायतले आ–आफ्ना कलासाधनाका सामग्री पूजा गर्छन् । सरस्वतीपूजाका दिनमा देशभरका विद्यालयमा पूजाआजा हुने गरेको छ । यस दिन सरस्वती मन्दिरमा भक्तजनको घुइ“चो लाग्ने गर्छ । श्रीपञ्चमीलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ । यस दिन विवाह, ब्रतबन्ध, पूजालगायतमा साइत हेराइरहनु पर्दैन । यो दिन गरेको कर्म फलदायी हुने जनविश्वास छ । ब्रह्मापत्नी ब्रह्माणीको पूजा उपासनाले ज्ञान सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व रहेको ऋग्वेदमा उल्लेख छ ।

1 comment:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.