"2513058968709111" /> आज वामी गाबिस पुर्ण खोप युक्त गाबिस घोषण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आज वामी गाबिस पुर्ण खोप युक्त गाबिस घोषण ।।

अनिश गैरे, वामी
पौष २७–
“पुर्ण खोप बालबालीकाको अधिकार, सुनौलो भबिष्य समृद्ध ससाँर, पुर्ण खोप सुरक्षित भबिष्य, भबिष्यमा निरन्तरता हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा सहित वामी गाबिसलाई पुर्ण खोप युक्त गाबिस घोषणा गरीएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका अधिकृत कृष्ण प्रसाद पन्थीले सम्पुार्ण वामी बासीहरुलाई धन्यबाद दिदै १२ महिना देखी २३ महिना सम्मका सबै बालबालिकाहरुलाई नेपाल सरकारले उपलब्ध गराएका सम्पुर्ण खोपहरु लगाई बच्चालाई खोप लगाउन पाउने अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा हेल्थ असिसटेन्ट पशुपति आचार्य, नेकपा एमाले वामीका अध्यक्ष नारायण सापकोटा, एमाओबादी वामीका भुबन केसी, महेन्द्र आदर्श उमाबि वामी टक्सारका प्राचार्य भिमलाल सापकोटा, शारदा बिद्या मन्दिर माबि वामी मैदानका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटा, वामी टक्सार स्वास्थ्य चौकी वामी सञ्चालक समिति अध्यक्ष अग्निधर लोहनी, खोप निरिक्षक श्याम प्रसाद पोखरेल, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा वामीटक्सार स्वास्थ्य चौकीका ईन्चार्ज नारायण सापकोटाले स्वास्थ्य सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग पुर्याएको भन्दै वामीटक्सार स्वास्थ्य चौकीका ईन्चार्ज नारायण सापकोटा, बडागाँउ स्वास्थ्य चौकीका ईन्चार्ज ढाल बहादुर जिसी, सिनीयर अनमी रमा जीसी, अहेब दिनेश मुराब तथा वामी गाबिस भित्रका वडा नम्बर १ देखी वडा नम्बर ९ सम्मका महिला स्वास्थ्य स्वयं सेबीका रेनु प्रधान, फनि कुमाल, सुुनमाया बौद्धाचार्य, उमा मल्ल, अमृता श्रेष्ठ, बालकुमारी सापकोटा, जमुना सापकोटा, लक्ष्मी बिक, शुसीला केसी, सिता सापकोटा, रीमा रायमाझी, मिना बोहोरा, सीता गौतम, निर्मला खरेल, दुर्गमाया छन्त्याल, यम कुमारी घर्ती, माया खराल, नारायणी खराललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यस्तै वामीटक्सार स्वास्थय चौकी ब्यबस्थापन समिति अध्यक्ष अग्निधर लोहनी तथा कार्यक्रमका  प्रमुख अतिथि कृष्ण प्रसाद पन्थी, खोप निरिक्षक श्याम प्रसाद पोखरेल, हेल्थ असिसटेन्ट पशुपति आचार्यलाई पनि दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । वामीटक्सार स्वास्थ्य चौकीबाट शुरु भएको बिभिन्न प्लेकार्ड सहितको र्याली वामी ३ परुवा हुँदै वामी टक्सार बजार परिक्रमा गरीएको थियो । उक्त कार्यक्रममा गाबिस स्तरका क्रियाशील राजनीतीक दलहरुका प्रमुख एबम प्रतिनिधि, बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रतिनिधि, सुरक्षा कर्मी, पत्रकार, बिभिन्न बिद्यालयहरुका शिक्षक एबम बिद्यार्थीहरुको कार्यक्रममा उललेखनीय सहभागीता रहेको थियो ।
वामी गाबिसका गाबिस सचिब सुर्य बहादुर सोमईको अध्यक्षता, वामीटक्सार स्वास्थ्य चौकीका इृन्चार्ज नारायण सापकोटाको स्वागत रहेको कार्यक्रमको सञ्चालन बडागाँउ स्वास्थ्य चौकीका ईन्चार्ज ढालबहादुर जीसीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.