"2513058968709111" /> नेपाल मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल मानवअधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न

पौष १६–
इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयबाट नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०१५ को वार्षिक पूर्व समिक्षा कार्यक्रम ०७१पुस १६ गते सम्पन्न भएकोछ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द प्रसाद गैरेले राज्य र नागरिक समाजको संयुक्त प्रयासले मानवअधिकार संस्कृती निर्माणहुने भन्दै राज्यका संयन्त्रहरु मानअधिकार प्रति सजग भएको तर गैर राज्य पक्षमा यसको सचेतना पुग्न बाँकी रहेको धारण राख्नु भयो ।उहाले इन्सेक लगायतका संघ संस्थाहरुले पूर्व सावधानीका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै पूर्व जिविस सभापती कोशल पोखरेल, डिएसपी हिमालयकुमार श्रेष्ठ, महिला विकास अधिकृत प्रतिभा पन्थी, जेलर गोपालप्रसाद पाण्डे, पत्रकारहरु घनश्याम गौतम, जनार्दन घिमिरे लगायतका वक्ताहरुले इन्सेकले वर्षेनी प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकको माध्यमबाट नेपालको तुलनात्मक मानवअधिकार अवस्था बुझ्न सहयोग पुगेको भन्दै आउँदा दिनमा व्यक्तिको आर्थिक, सामाजिक र सांस्कृतीक अधिकार उपभोगको अवस्था वढिभन्दा वढि समेट्न आग्रह गरे ।
कार्यक्रममा इन्सेक प्रतिनिधि नरेश भण्डारीले सन् २०१४ मा गुल्मी जिल्लाको मानवअधिकार अवस्था विषयको प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा वेवारिवे वमबाट घाईते, बालअधिकार, महिला अधिकार, सवैप्रकारका जातिय भेदभाव, जेल र वन्दीहरुको अवस्था, सुगम र निश्पक्ष न्यायको अधिकार, जिल्लामा स्वास्थ्य सेवाको अवस्था, जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिका सेवा केन्द्रको कार्यसम्पादन लगायतका घटना र तथ्याङ्क समेटिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.