"2513058968709111" /> संसदमा भारतीय प्रधानमन्त्री मोदीको विशेष सम्वोधन, नेपाल र भारतको सम्बन्ध हिमालय र गंगाको सम्बन्ध झै पुरानो भएको मोदीको भनाई, पशुपतिनाथ र बुद्ध जन्मेको देश भन्दै नेपालको प्रंसंशा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

संसदमा भारतीय प्रधानमन्त्री मोदीको विशेष सम्वोधन, नेपाल र भारतको सम्बन्ध हिमालय र गंगाको सम्बन्ध झै पुरानो भएको मोदीको भनाई, पशुपतिनाथ र बुद्ध जन्मेको देश भन्दै नेपालको प्रंसंशा ।।

श्राबण १८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध हिमालय र गंगाको सम्बन्ध झै पुरानो भएको बताउनु भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा संसदको बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले संसदमा आएर सम्बोधन गर्न पाउदा आफुलाई गर्व लागेको बताउनु भयो । भ्रमणका क्रममा नेपालीले गरेको सम्मान आफ्नो मात्रै सम्मान नभई सबा सय करोड भारतिय सम्मान भएको बताउनु भयो । सुरुमा नेपाली भाषमा बोल्नु भएका मोदीले सोमनाथको भुमिबाट पसुपतिनाथको भुमिमा आउन पाएकोमा खुसी व्यक्त गर्नु भयो । नेपालले विश्वमा नै शान्ति फैलाउने भगवान बुद्धको जन्म दिएको बताउदै शान्तिको सन्देश फैलाउने काम नेपालले गर्नु पर्ने बताउनु भायो । कासीमा नेपाली पुजारी हुन्छ पसुपतिमा भारतका पुजारी हुन्छ भन्दै उहाँले भारत र नेपालको धार्मीक सम्बन्ध प्रगाड रहेको बताउनु भयो । नेपालीको रगत नबगाई नेपालले कुनै पनि युद्ध नजितेको बताउदै भारतको लागि युद्ध लड्ने लाई धन्यवाद दिनु भयो । उहाँले गोर्खाली सेनाको प्रसंसा गर्नु भयो । लोकतन्त्रमा विश्वास गर्ने पुरै विश्वले नेपाली सभासदहरुबाट धेरै आसा गरिरहेको बताउनु भयो । नयाँ युगको दर्शन दिने काम संविधानले दिने भएकाले त्यस्तै संविधान बन्ने विश्वासका साथ संविधान निर्माताहरुलाई बधाई समेत दिनु भयो । संविधान एक किताव नभई हिजो आज र भोलीलाई जोड्ने काम गर्दछ । नेपालले बनाउन लागेको संविधान नेपालीका लागि मात्रै होईन विश्वका लागि स्वर्णीम पृष्ट लेख्न गैरहेको बताउनु भयो । शस्त्रलाई छोडेर शास्त्रलाई भरोसा राख्नु पर्ने भन्दै संविधानसभाले शस्त्र बोक्नेलाई शास्त्र तर्फ ल्याएर राम्रो उदाहरण प्रस्तुत गर्नु पर्ने बताउनु भयो । सर्वजन हिताय, सर्वजन सुखायलाई ध्यान दिए संविधान दिगो बन्ने बताउनु भयो । संविधानले जोड्छ संविधानले तोड्दैन भन्दै सबैलाई जोड्ने संविधान बन्ने बताउनु भयो । नेपालका लागि पेट्रोल पाएपको व्यवस्था गर्ने बताउनु भयो । हरेक भारतीय जिवनमा एक पटक पसुपतिनाथमा आएर दर्शन गर्न चाहन्छ त्यसैले नेपालमा धार्मीक पर्यटनको बिकास गर्नु पर्ने बताउनु भयो । दशक पछि नेपालको बिजुलीको बिकास गर्ने, आर्युवेदीक औषधिको बिकासका साथै हिमालयको सक्तिको प्रदर्शन गर्न सगाउने बताउनु भयो । सार्क सम्मेलनको समयमा फेरी नेपाल भ्रमणमा आएर राजा जनकको दर्शन गर्ने र बुद्धको जन्मस्थल लुम्बीनीको भ्रमण गर्ने बताउनु भयो । आयुर्वेदिक औषधी र अर्गानिक खेतिका लागि नेपालमा धेरै सम्भावना भएकाले यो क्षेत्रको बिकास नेपालले गर्न चाहेमा आफुले सहयोग गर्ने बताउनु भयो । मोदीले भारतले नेपाललाई १० हजार करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.