"2513058968709111" /> एमाले नेता अधिकारीद्धारा सहयोगको अपिल - अनिश शर्मा गैरे
Breaking News
recent

एमाले नेता अधिकारीद्धारा सहयोगको अपिल

गुल्मी, साउन–१६
टुयुमरको अप्रेशन गर्न आर्थिक अभाव भए पछि नेकपा एमाले गुल्मी क्षेत्र नम्वर ३ का नेता लिलबहादुर अधिकारीको जिवन रक्षार्थ सवै संग सहयोगको अपिल गरिएको छ । भरतपुर क्यानसर अस्पतालमा ट्युमरको अप्रेशनका लागि भर्ना भएका नेता अधिकारीलाई आर्थिक अभाव सिर्जना भए पछि उनका परिवार र उनको पार्टी नेकपा एमालेको गुल्मी काठमाण्डौं सम्पर्क मञ्चले सवै संग सहयोगको अपिल गरेको हो ।
अर्जै गाविस वडा नम्वर २ का अधिकारी लामो समय सम्म निष्ठाको राजनितिमा लागेकोले घरको आर्थिक अवस्था कम्जोर भएका कारण सहयोगको अपिल गरिएको मञ्चका सदस्य एवं अनेरास्ववियु गुल्मीका पुर्व अध्यक्ष रमेश काउछाले बताए । एमाले क्षेत्र नम्वर ३ का कार्यबहाक अध्यक्ष रहेका अधिकारीको जिवन रक्षार्थ गाउँ स्तरबाट पनि सहयोगको जरुरी भएको छ ।
अधिकारीको जिवन रक्षार्थी गुल्मी काठमाण्डौं क्षेत्रिय सम्पर्क मञ्चका अध्यक्ष खिमराज अधिकारीको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरिएको काउछाले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ग्लोवल आ.ई.एम.ई. बैंक , पानीपोखरी काण्ठमाण्डौको खाता नम्वर ३३०७०१००३७१७७ मा सहयोगदाताले रकम राखी दिन सके अधिकारीले नव जिवन पाउने बताईएको छ ।
पारदर्शीताका लागि पाँच हजार भन्दा बढि सहयोगदाताको नामावली रेडियो कार्यक्रम ओझेलका खवर मार्फत प्रशारण गरिने र  प्रिन्टमा पनि प्रकाशित गरिने भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.