"2513058968709111" /> गाउँमा बाँझीएका कृषियोग्य जमिनलाई पुनर्जिवन दिन जुटे लामाखर्केली।। - अनिश शर्मा गैरे
Breaking News
recent

गाउँमा बाँझीएका कृषियोग्य जमिनलाई पुनर्जिवन दिन जुटे लामाखर्केली।।

विभिन्न सिलसिलामा युवाहरु गाउँ छोडेर वाहिरिने र गाउँका कृषियोग्य उर्वर भूमिहरु बाँझीने क्रम वढेपछि गुल्मी ज्ञवा लामाखर्कका युवाहरु गाउँवाहिरबाटै बाँझीएका कृषियोग्य जमिनलाई पुनर्जिवन दिन जुर्मुराउन थालेका छन् ।
रुपन्देही एवं आसपास क्षेत्रमा विभिन्न सिलसिलामा रहेका लामाखर्केलीहरुले रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका(ड्राइभरटोल)मा एक समारोह वीच गोकर्णराज ज्ञवालीको अध्यक्षतामा एघार सदस्यीय प्रस्तावित लामाखर्क कृषि सहकारी तदर्थ समिति र पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेका छन् । यस पूर्व बसेको भेलाले ३ सदस्यीय संयोजक टोली गठन पश्चात गाउँमा वृहत भेला गरी कार्यक्रमको बारेमा जानकारी गराउने, खाली जग्गा अवलोकन गर्ने र सम्वन्धित विशेषज्ञ र प्राविधिकसँग सुझाव लिने कार्य सम्पन्न गरेको संयोजक टोलीका एक सदस्य गणेश ज्ञवालीले बताए ।
भेलाले कृषियोग्य जमिनको माटो परिक्षण, उप¥युक्त बाली÷बोट बिरुवाको  छनौट, विस्तृत अध्ययन, छलफललाई अघि बढाउन आगामी श्रावण ९ गते शुक्रबार तदर्थ समितिको टोली गाउँ जाने, गाउँमा वृहत भेला गर्ने, सहकारी दर्ताको लागि गाउँमा संयोजक टोली गठन गर्ने आदि निर्णयहरु गरेको छ । कार्यक्रमलाई छिटो भन्दा छिटो अघि बढाउन तत्काल तदर्थ समितिले कामकारवाही चलाउने र गाउँ भेला लगत्तै गाउँ भित्र र वाहिर रहने लामाखर्केलीहरुको समावेसी मूल समिति गठन गर्ने, विधिवत प्रक्रियामा कार्यक्रम अघि बढाउने तदर्थ समितिका सचिव कपिल ज्ञवालीले बताएकाछन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.