अश्तियारद्धारा धौलागिरीको तीन जिल्लामा सञ्चालित खानेपानी योजनाको अनुगमन सुरु गर्यो ।।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराले धौलागिरीका तीन जिल्लामा सञ्चालित खानेपानी योजनाको अनुगमन सुरु गरेको छ ।
वर्षको अन्त्यमा योजनाको काम सञ्चालन गर्दा काम गुणस्तरिय नहुने र सरकारी रकमको दुरुपयोग हुन सक्ने भएकाले योजनाको स्थलगत अनुगमन सुरु गरेको अख्तियारले जनाएको छ ।धौलागिरीका पर्वतमा सञ्चालित ६, बागलुङका ४ र म्याग्दीको एक योजनाको २३ गतेदेखी स्थलगत अनुगमन सुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराका सुचना अधिकृत सरिता खतिवडाले जानकारी दिईन ।
अख्तियारले क्रमागत रुपमा सञ्चालित पर्वतको वहाकी शालिग्राम खानेपानी आयोजना, राम्जा खानेपानी आयोजना, लेकफाँट खानेपानी आयोजना, भँगरा खानेपानी आयोजना, उराम पोखरा खानेपानी आयोजना र पुम्दी खानेपानी आयोजनाको अनुगमन गर्ने बताएको छ ।
यसैगरी, बागलुङ जिल्लामा सञ्चालित अमलाचौर खानेपानी आयोजना, जैदी खानेपानी आयोजना, सर्कुवा खानेपानी आयोजना र धुल्लुबास्कोट खानेपानी आयोजना र म्याग्दीको बृहत घोप्टेखोला खानेपानी आयोजनाको अनुगमन भईरहेको अख्तियारले जनाएको छ ।आर्थिक वर्षको अन्त्यमा कार्यक्रम संशोधन गरि बजेट रकमान्तर गरेर योजनाको रकम दुरुपयोग हुन सक्ने तथा निर्माण सामग्री कम गुणस्तरको प्रयोग भई अनियमिमता हुन सक्ने भएकाले सिनियर डिभिजन इञ्जिनियर रामकुमार श्रेष्ठको नेतृत्वमा स्थलगत अनुगमन भईरहेको सुचना अधिकृत खतिवडाले जानकारी दिएकी छन् ।
अनुगमन टोलीले सञ्चालित खानेपानी आयोजनामा ऐन, नियम र नियमावली अनुसार खर्च भए÷नभएको, योजनाको अवस्था, योजनाको उपयोगिताका बारेमा स्थलगत अनुगमन गरी प्रतिवेदन बुझाउने बताइएको छ ।
No comments: