"2513058968709111" /> मालीका बोर्डिङ्गमा कक्षा १० का बिद्यार्थीहरुलाइ बिदाइ ! - अनिश शर्मा गैरे
Breaking News
recent

मालीका बोर्डिङ्गमा कक्षा १० का बिद्यार्थीहरुलाइ बिदाइ !

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
मालीका इङ्लिस बोर्डिङ्ग सेकेण्डरी स्कुल वामीका कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुलाइ शुक्रबार एक कार्यक्रमका बिच बिदाइ गरेका छन । 
कक्षा ९ की छात्रा सुनिता कार्कीको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यसेगरी कार्यक्रममा बिद्यालयका निर्देशक मोहनलाल श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । 
कार्यक्रमका बिद्यालयका निर्देशक मोहनलाल श्रेष्ठ, शिक्षकहरु मेघ प्रसाद श्रेष्ठ, बिमल सापकोटा, बेचु प्रजापती, तथा शिक्षिका बिष्णु चालीसेले मन्तब्य राख्दै बिद्यार्थीहरुको आउँदै गरेको बार्षिक परिक्षाको शुभकामना दिनुभएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठले बिद्यार्थीहरुलाइ पढाइ नै सबैभन्दा ठुलो कुरा भएको कारणले मेहनत गरी अध्ययन गर्न सुझाब दिनुभएको थियो । 

त्यसैगरी कक्षा १० का बिद्यार्थीहरु बर्षा भुजेल, र पुष्कर खरेलले धन्यबाद मन्तब्य ब्यक्त गर्नुभएको थियो । कक्षा ९ का छात्रा अनिशा केसीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन कक्षा ९ का बिद्यार्थीहरु निकिता शाक्य र आयुष सलामीले गर्नुभएको थियो । 
कार्यक्रममा कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुलाइ तथा १० का बिद्यार्थीहरुले ९ का बिद्यार्थीहरुलाइ उपहार तथा मायाको चिनो आदान प्रदान गरेका थिए । त्यसैगरी कक्षा १० का बिद्यार्थीहरुले बिद्यालयलाइ तथा शिक्षक शिक्षिकाहरुलाइ पनि मायाको चिनो प्रदान गरेका थिए । 
यसैबिच कक्षा ९ का बिद्यार्थीहरुले सोही कार्यक्रमकै अवसरमा शिक्षक र शिक्षिकाहरुको म्युजिकल चेयर रेस प्रतियोगीता समेत सम्पन्न गरेका छन । शिक्षक हरुबाट मेघ प्रसाद श्रेष्ठ र शिक्षिकहरुमध्यबाट धना काउचा उत्कृष्ट हुनुभएको छ । उहाँहरुलाइ बिद्यार्थीहरुले उपहार समेत प्रदान गरेका थिए । बिद्यार्थीहरुले कार्यक्रम पनि सामुहिक तस्वीर लिइ नाचगान समेत गरेका थिए । 
उता 
बिद्यालयकी शिक्षिकाको ससुराको निधन भएको प्रति दुख ब्यक्त गर्दै गोल्डेन फ्युचर एकाडमी वामीले आज एक शोक सभा सम्पन्न गरेको छ । बिद्यालयकी शिक्षिक बिन्दु खनालका सुसुरा प्रेमलाल फुल्लेल खनालको गत फाल्गुण १२ गते भएको निधन प्रति दुख ब्यक्त गर्दे बिद्यालयले उहाँकै निवासमा शोक सभा सम्पन्न गरेको हो । 
कार्यक्रममा गोल्डेन ब्यबस्थापन समितिका अध्यक्ष महेश बहादुर जि सीको अध्यक्षता रहेको थियो भने ब्यबस्थापन समितिका कोषाध्यक्ष गोपिकृष्ण खरेल, सहायक प्रद्यानाध्यापक चन्द्र राई, बिद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका कोषाध्यक्ष गोपिकृष्ण खरेलले शोक पत्र बाचन गरी परिवारका सदस्यलाइ हस्तान्तरण गर्नुभएको थियो । 
कार्यक्रमको सञ्चालन बिद्यालयका प्रद्यानाध्यापक रामु तिवारीले गर्नुभएको थियो । 


No comments:

Anish gaire. Powered by Blogger.