"2513058968709111" /> महिला तथा बालबालीका कार्यालय गुल्मीको आयोजनामा वामीमा आज महिला संस्थाको अवस्था बिश्लेषण कार्यक्रम शुरु ! - अनिश शर्मा गैरे
Breaking News
recent

महिला तथा बालबालीका कार्यालय गुल्मीको आयोजनामा वामीमा आज महिला संस्थाको अवस्था बिश्लेषण कार्यक्रम शुरु !

अनिश शर्मा गैरे, वामी गुल्मी ,फाल्गुण १५ गते 
महिला तथा बालबालीका कार्यालय गुल्मीको आयोजनामा वामीमा महिला संस्थाको अवस्था बिश्लेषण तथा रणनीति पत्र तर्जुमा कार्यशाला कार्यक्रम आज बाट शुरु भएको छ । तिन दिन सम्म चल्ने कार्यशाला अन्तर्गत आज भएको उद्घाटन सत्रमा वामीमा महिलाको क्षेत्रमा सक्रिय लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाकी अध्यक्ष यमुना घिमिरेको अध्यक्षता रहेको थियो भने महिला तथा बालबालीका कार्यलय गुल्मीका महिला बिकास अधिकृत प्रतिभा पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
 त्यस्तैगरी कार्यक्रममा संस्थाकी पुर्ब अध्यक्ष दिलकुमारी मल्ल, महिला बिकास निरिक्षक अतिथि इन्दिरा थापा, नेपाली काँग्रेस वामीका सभापति सुदर्शन शाक्य, नेकपा एमाले वामीका अध्यक्ष गोपिकृष्ण खरेल, नेकपा माओबादी केन्द्रका अध्यक्ष भुवन केसी, जनमोर्चाका प्रतिनिधि सुन्दर प्रधान, रुद्रावती बहुमुखी क्याम्पस वामीका अध्यक्ष महेश जीसी, सदस्यहरु द्धोय कृष्ण प्रसाद सापकोटा, डिलाराम खराल लगायतको बिशेष उपस्थिती रहेको थियो । त्यसैगरी कार्यक्रममा कृषि सेवा केन्द्र वामीका प्रमुख बिरेन्द्र रावत, कृषि सहकारी वामीका सचिब तेजनारायण सापकोटा, रेडियो पुष्पाञ्जलीका स्टेशन कोअर्डिनेटर अनिश शर्मा गैरे लगायतको उपस्थिती रहेको थियो । 
कार्यक्रममा संस्थालाइ स्थापना देखि हाल सम्म अहोरात्र खटेर काम गरेको भन्दै संस्थाकी पुर्व अध्यक्ष दिल कुमारी मल्ललाइ सम्मान गरी मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सम्मान ग्हण पश्चात बोल्दै मल्लले आफ्नो प्राण रहने समय सम्म संस्थाको लागि काम गरिरहने बताउनुभयो । 
कार्यक्रमलाइ प्रमुख अतिथि र सभाअध्यक्षले पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो भने अतिथिहरु शाक्य, खरेल, केसी, प्रधान, जिसी, सापकोटा, रावत लगायतले आफ्नो धारणा सहितको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
संस्थाकी कोषाध्यक्ष कमला खरालको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिब तुल्सी मल्लले गर्नुभएको थियो । 

कार्यशाला तिन दिन सम्म चल्ने छ । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.