"2513058968709111" /> सुदीघाट झोलुङ्गे पुलको निर्माण कार्य शुरु ! - अनिश शर्मा गैरे
Breaking News
recent

सुदीघाट झोलुङ्गे पुलको निर्माण कार्य शुरु !

अनिश शर्मा गैरे, वामी गुल्मी 
वामी र मुसीकोट लाइ जोड्ने सुदीको झोलुङ्गे पुलको निर्माण शुरु भएको छ । गत श्रावण महिनामा आएको बाढीले बगाएर क्षतीग्रस्त बनाएको पुल करिब ८ महिना पछि निर्माण कार्य शुरु भएको हो । 
पुलको लम्बाई १ सय ५ मिटर रहने जनाइएको छ । पुल निर्माणको लागि ४४ लाख २३ हजार २ सय ६२ रुपैया लागत लाग्ने जनाइएको छ । उक्त पुलको निर्माण सम्पन्न भइसकेपछि ५ सय ३३ घर धुरी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन । पुलको निर्माणको लागि सिर्जनशील सामुदायिक बिकास केन्द्रले सहयोग गरेको छ । 
क्षेत्रगत कार्यक्रम अन्तर्गत जिल्ला बिकास समिति गुल्मी बाट आर्थिक बर्षको अन्तिक सम्म सम्पन्न गर्ने गरी यही मिति २०७३ कार्तिक ३० गते पुलको ठेक्क सम्झौता भएको थियो । उक्त कार्य यही आर्थिक बर्षमा सम्पन्न गर्नेगरी काम अगाडी बढेको छ । गुल्मीको मुसीकोट ६ र वामीको १ को बिच बढिगाड खोलामा रहेको उक्त पुल बर्षको समयमा बाढीले बगाएको थियो । पुलको निर्माण कार्य सम्पन्न गर्नको लागि बिष्णु खत्रीको अध्यक्षतामा ११ सदस्यीय समितिको गठन समेत गरिएको छ । हाल दुबै किनारमा जग खन्ने काम तथा स्थानीय सामानहरुको परिचालन गर्ने कार्य भइरहेको छ । अब केही समय भित्र पुलमा आबश्यक पर्ने फलामे सामग्री एस.डी.सी. बाट निर्माण स्थल सम्म आइपुग्ने संस्थाका इन्जिनियर डिल्लीराज खनालले जानकारी दिनुभयो । बर्षा सँगै आएको बाढीले पुल बगाएपछि त्यस क्षेत्रमा आवतजावतको लागि फड्के निर्माण गरिएको थियो । 
पुल निर्माण हुने भनेपछि वामी र मुसीकोटको सम्बन्ध अझ मजबुत हुने भएको छ । पुल निर्माण हुने भनिएपछि स्थानीयहरु खुशी भएका छन । सहज रुपमा आवतजावत गर्न तथा सरसामान किन्नको लागि वामी बजारमा आउन पनि स्थानीयहरुलाइ सहज हुने भएको छ । बिद्यार्थीहरुपनि सहज रुपमा बिद्यालय जान र आउन सक्ने छन ।

No comments:

Anish gaire. Powered by Blogger.