"2513058968709111" /> वामीमा बिरोध सभा : बाबुहरुले नुन किनेर ल्याउने ठाँउ अरुले लगेको हामीले कसैले हेर्ने ? - अनिश शर्मा गैरे
Breaking News
recent

वामीमा बिरोध सभा : बाबुहरुले नुन किनेर ल्याउने ठाँउ अरुले लगेको हामीले कसैले हेर्ने ?

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
सरकारले पाँच नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरुलाइ तराइ बाट अलग्याउने गरी संसदमा दर्ता गरेको संबिधान संशोधन बिधेयकको खारेजीको माग गर्दै वामीमा आज बिरोध र्याली सहित बिरोध सभा सम्पन्न गरिएको छ ।

उद्योग बाणिज्य संघ वामी तथा यस क्षेत्रका क्रियाशिल राजनीतिक दलहरुको संशोजनमा रहेको संयुक्त आन्दोलन परिचालन समितिको आयोजनामा उक्त बृहत बिरोधको कार्यक्रम सम्पन्न गरिएको हो । वामीमा रहेका समाजसेवी, बुद्धिजिवि, स्थानीय बासिन्दा, शिक्षाप्रेमी, पत्रकार तथा रुद्राबति बहुमुखी क्याम्पस, महेन्द्र आदर्श उमाबि, मालीका इग्लिस बोर्डिङ् सेकेन्डरी स्कुल तथा गोल्डेन फ्युचर एकाडमी वामीमा बिद्यार्थीहरु सहित सयौको संख्यामा उपस्थित जनसागरले ‘पाँच नम्बर प्रदेश टुक्राउन पाइदैन’, ‘हिमाल, पहाड, तराइ कोही छैन पराइ’ ‘संशोधन प्रस्ताब खारेज गर’, ‘अखण्ड लुम्विनी कायम गर’, ‘हाम्रो माग पुरा गर’ लगायत लेखिएका प्लेकार्ड सहित वामी ३ टार देखी वामी १ पल्टार सम्म प्रभात फेरी अर्थात बिरोध र्याली गरेको थियो । साथै उक्त र्याली बिरोध सहित वामी बसपार्कमा एक बिरोध सभामा परिणत भएको थियो । आन्दोलनको दशौ दिनको अवसरमा आज आन्दोलन संघर्ष समिति गुल्मीले आह्वान गरे अनुसार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भगत सिँह खड्का, नेकपा एमालेका प्रतिनिधि गणेश बिश्वकर्मा, नेकपा माओबादी केन्द्रका प्रतिनिधि सुरेन्द्र नेपाली, राप्रपा जिल्ला अध्यक्ष भरत चन्द, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सुन्दर प्रधान, नेकपा एमाले जिल्ला सचिवालय सदस्य कमला शर्मा, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कल्पना घिमिरे, तरुण दल जिल्ला सचिब बाबुराम कंडेल, युवा संघ नेपालका प्रतिनिधि रेमलाल बस्याल, नेपाल बिद्यार्थी संघ जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्य, अनेरास्वबियु प्रतिनिधि बिपना सुर्यबंशी लगायतले बोल्नुभएको थियो ।

बाबुहरुले नुन किनेर ल्याउने ठाँउ अरुले लगेको हामीले कसैले हेर्ने ?

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भगत सिँह खड्काले यो आन्दोलन कुनै राजनीतिक दलको आन्दोलन नभएर सारा पाँच नम्बर प्रदेश बासीको आन्दोलन भएको बताउनुभयो । ‘यो आन्दोलन राजनीतिक दल, ब्यापारी, शिक्षक, बिद्यार्थी, जनता, मदजुर तथा सारा पाँच नम्बर प्रदेश बासीको मात्र होइन प्रधान मन्त्री प्रचण्डको पनि हो’ उहाँले भन्नुभयो ।
                          कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्का 
‘यस आन्दोलनलाइ कतैबाट दमन गर्न खोजिए व्यापक रुपमा प्रस्तुत हुने छौँ’ खड्काले थप्नुभयो ‘केही आयातित ब्यक्तिहरुको माग पुरा गर्ने नाममा आफ्ना बाबुहरुले नुन किनेर ल्याउने ठाँउ आज अरु कसैले लगेको हामीले कसैले हेर्ने ?’ भन्दै प्रश्न चिह्न खडा गर्नुभयो ।                                           र्यालीमा रहभागी ब्यक्तिहरु 
सारै कडा रुपमा प्रस्तुत हुनुभएको खड्काले आफुहरु दोस्रो दर्जाका मान्छे नभएको भन्दै अब ससंद भवन केन्द्रित आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो । त्यसैगरी नेकपा एमालेका प्रतिनिधि गणेश बिश्वकर्माले देश जटिल परिस्थितीबाट गुज्रिरहेको बताउँदै यसको चाँडो समाधान हुनुपर्ने बताउनुभयो ।

                                    कार्यक्रमका सभापति उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्य 
 ‘देशको आकाशमा अहिले कालो बादल मडारिरहेको छ’ उहाँले भन्नुभयो ‘हाम्रो देशका नेताहरुमा निर्णय गर्ने क्षमता घट्दै गइरहेको छ, नेपालीहरुको स्वाभिमान बिरुद्ध बिदेशी शक्ति लागिरहेको छ’ । अलिक लामो समय नै लिनुभएका उहाँँले भोली हामी नेपाली र हाम्रो नेपाल नै रहन्न कि भन्ने सवाल हाम्रा अगाडी तेर्सिरहेको बताउनुभयो । उहाँले यो आन्दोलन जनआन्दोलन २०६२÷०६३ भन्दा पनि ठुलो बनाउनु पर्ने बताउनुभयो । 

त्यस्तै नेकपा माओबादी केन्द्रका सुरेन्द्र नेपालीले पनि उस्तै कडा मन्तब्य दिनुभयो । उहाँले आफ्नै पार्टी सरकारमा भएपनि बिरोध गर्नु पर्ने अवस्था आउनु निकै बिडम्बनाको कुरो भएको बताउनुभयो ।
त्यसैगरी राप्रपा जिल्ला अध्यक्ष भरत चन्दले पनि देश कै उत्तिकै चिन्ता सहितको भाषण प्रस्तुत गर्नुभयो । उहाँले नेपाल दुई ढुङ्गा बिचको तरुल भएकोले सिमा बढाउन नसके पनि दुई ठुला देशको सहायताले बिकासमा ठुलो फड्को मार्न पर्ने बताउनुभयो । 
                                           र्यालीमा रहभागी ब्यक्तिहरु 
कार्यक्रममा बोल्नै अन्य बक्ताहरुले यो अन्धो सरकारले नसुनेको कारण आन्दोलनको राँको बाल्नु परेको तथा एक मुठी सास बाँकी रहेसम्म आफ््नो स्वाभिमानको लागि लडिरहने बताएका थिए । त्यसैगरी उनीहरुले एक स्वतन्त्र राष्ट्र भएर देश भारतको इशारामा चल्ने हुनु भनेको दुख भएको बताए ।

जनतालाइ रुहाएर शासन गर्ने ब्यक्ति शासक नभएको भन्दै उनीहरुले जनता विरुद्ध गरेको काम कदापी सहन नसकिने बताए । उनीहरुले आफ्नो मागको लागि महिनौ सम्म लडाए गर्न पनि पछि नपर्ने भन्दै कुनै दैवी शक्ति आएपनि आफुहरु नझुक्ने बताए । 
                                           र्यालीमा रहभागी ब्यक्तिहरु 
कार्यक्रमको सभापन गर्दे कार्यक्रमका सभापति उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्यले देश र जनताको माग बिपरीत गर्न खोजिएको यो कामले कत्ति पनि राम्रो नहुने बताउनुभयो । उहाँले आफुहरुको माग चाँडो भन्दा चाँडा पुरा गर्न तत्काल सरकारलाइ सदनमा दर्ता भएको संशोधन बिधेयक फिर्ता लिन आग्रह गर्नुभयो । 
                                          आन्दोलनमा सहभागी मालीका बोर्डिङ्का बिद्यार्थीहरु
उद्योग बाणिज्य संघ वामीका सदस्य मोहनलाल श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा सहभागी प्रत्येक बिद्यार्थीहरुको संयोजनमा राष्ट्रिय गान सहित एक मिनेट सहिदहरुको सम्झनामा मौन धारण गरिएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ वामीका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता तथा आन्दोलनका अभियन्ता तथा वामीका समाजसेवी प्रकाश काफ्लेको सञ्चालन रहेको थियो ।
तस्विर सौजन्य : प्रकाश घिमिरे


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.