कविता
फुर्केडाँडाको एक चोकमा
राँको बलिरहेछ ।
’हाम्रो माग पूरा गर’
आवाज चलिरहेछ ।
उ हेर
एक मान्छे सरासर गयो ।
’त्यो फटाहा हामीलाई बेवास्ता गरिरहेछ’
’फोर्दे फोर्दे कम्पारो सालेको’
नभन्दै,
एक बर्षन्छ तीर बनी त्यो,
झ्वाम्म फुट्छ, आगो बल्छ ।
अर्को भन्छ,
’हाम्रो माग पुरा गर,
महिनौ सम्म लड्छौ हामी’
आवाज चलिरहेछ ।
२५ औँ कष्टको खुड्किलोको दिन थियो ।
अरे बाबा !
अब त प्राणपखेरु पनि उड्ने बेला आयो !
अर्को चिच्याउँछ,
’जनताका लागि लड्दै छौ हामी
आइज तँ पनि ’
बिरोध आउँछ,
हात बर्षन्छ, लात बर्षन्छ !
रगत बहन्छ
अर्को चिच्याउँछ,
’महिनौ सम्म लड्छौ हामी’
आवाज चलिरहेछ ।
बुद्धको देशमा बुद्धि हराएका चेलाहरु
आयातित मागमा पैसाका ठेलाहरु
हरे ! देश कता गयो ?
हँ, यहि त छ नि ! देख्दैनस ?
उ बुझपचाउँछ ।
हिजो मात्र सुनेथे
देश बेचिन लाग्यो रे, थुप्रोको लोभमा
दाग लागेको सेतो कपडा झैँ
दाग लागेको नेतृत्व,
बनाइरहेछन आफुलाइ, चुसेर, उपिया जस्तै
मोटाइरहेछ, मासु चुँडेर अरुको, भाग खोसेर अरुको ।
अनि रोइरहेछन जनता,
चिच्याइरहेछ धरती, रगत आशुँमा डुब्दै,
त्यही मारको हुलमा ।
’हाम्रो माग पूरा गर’
आवाज चलिरहेछ ।
कल्ले बनायो बाध्य ?
कल्ले खान लाग्यो देश ?
देश, उनिहरुको पेवा होइन,
अहँ हुँदै होइन ।
सबैको माया चाहिन्छ जोगिनलाइ,
प्रेम चाहिन्छ बचाउनलाइ
नत्र भने सधै
यस्तै हुन्छ
गञ्जागोल
राँको बलिरहेछ,
’हाम्रो माग पूरा गर’
आवाज चलिरहेछ ।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
राँको बलिरहेछ ।
’हाम्रो माग पूरा गर’
आवाज चलिरहेछ ।
उ हेर
एक मान्छे सरासर गयो ।
’त्यो फटाहा हामीलाई बेवास्ता गरिरहेछ’
’फोर्दे फोर्दे कम्पारो सालेको’
नभन्दै,
एक बर्षन्छ तीर बनी त्यो,
झ्वाम्म फुट्छ, आगो बल्छ ।
अर्को भन्छ,
’हाम्रो माग पुरा गर,
महिनौ सम्म लड्छौ हामी’
आवाज चलिरहेछ ।
२५ औँ कष्टको खुड्किलोको दिन थियो ।
अरे बाबा !
अब त प्राणपखेरु पनि उड्ने बेला आयो !
अर्को चिच्याउँछ,
’जनताका लागि लड्दै छौ हामी
आइज तँ पनि ’
बिरोध आउँछ,
हात बर्षन्छ, लात बर्षन्छ !
रगत बहन्छ
अर्को चिच्याउँछ,
’महिनौ सम्म लड्छौ हामी’
आवाज चलिरहेछ ।
बुद्धको देशमा बुद्धि हराएका चेलाहरु
आयातित मागमा पैसाका ठेलाहरु
हरे ! देश कता गयो ?
हँ, यहि त छ नि ! देख्दैनस ?
उ बुझपचाउँछ ।
हिजो मात्र सुनेथे
देश बेचिन लाग्यो रे, थुप्रोको लोभमा
दाग लागेको सेतो कपडा झैँ
दाग लागेको नेतृत्व,
बनाइरहेछन आफुलाइ, चुसेर, उपिया जस्तै
मोटाइरहेछ, मासु चुँडेर अरुको, भाग खोसेर अरुको ।
अनि रोइरहेछन जनता,
चिच्याइरहेछ धरती, रगत आशुँमा डुब्दै,
त्यही मारको हुलमा ।
’हाम्रो माग पूरा गर’
आवाज चलिरहेछ ।
कल्ले बनायो बाध्य ?
कल्ले खान लाग्यो देश ?
देश, उनिहरुको पेवा होइन,
अहँ हुँदै होइन ।
सबैको माया चाहिन्छ जोगिनलाइ,
प्रेम चाहिन्छ बचाउनलाइ
नत्र भने सधै
यस्तै हुन्छ
गञ्जागोल
राँको बलिरहेछ,
’हाम्रो माग पूरा गर’
आवाज चलिरहेछ ।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
No comments: