सापकोटा समाजको पहल, वामीमा सडक मर्मत सम्भार !
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बर्षाको समयमा हिलाम्य अनि हिउँदको समयमा धुलोका कारण समस्याग्रस्त वामीको सडकलाइ सापकोटा समाज वामीले सरसफाइ तथा मर्मत गरेको छ । सापकोटा समाज वामीको पहलमा वामी ९ झँेदी स्थित मोटरबाटो सफा तथा मर्मत गरेको हो । समाजले सडक मर्मत सँगै त्याहा बग्ने पानी तथा ढल निकासका लागि कुलो समेत निर्माण गरेको छ । डोजर प्रयोग गरेको भए करिब ५० देखी ८० हजार सम्म खर्च हुन सक्नेमा करिब ५० जना भन्दा बढीको जनश्रमदानबाट उक्त सामाजिक काम गरिएको हो । सडक निर्माणमा सुरक्षा बेस क्याम्प वामीको पनि सहभागीता रहेको थियो । उक्त सामाजिक कामको सबैले प्रशँसा गरेका छन ।
वामी तथा आसपासका क्षेत्रहरुलाइ सरसफाइ युक्त बनाउनुपर्छ भन्दै अभियान शुरु गर्नुभएका र सापकोटा समाजका पुर्व अध्यक्ष समेत रहनुभएको हरि प्रसाद सापकोटाले मानिसहरुमा सामाजिक भावना जगाउन र समाज सेवाको धारण बिकासको लागि यस्तो अभियान थालीएको बताए ।
बिकास आफैबाट शुरु गर्नूपर्छ भन्ने अभियानलाइ आत्मसाथ गर्दे यस्तो अभियान शुरु गरिएको उनको भनाइ छ । ‘जव मानिसको घरमा श्रीमती सुत्केरी हुने समय आउँछ अनि एम्बुलेन्सबाट यात्रा शुरु गर्नुपर्छ तव मात्र सडकको अवस्था प्रति चिन्ता लाग्छ’ उनले भने ‘यस्तो समस्यामा मात्र सडकको अवस्था सम्झने अवस्था सिर्जना नहोस भन्नका लागि हामी यो अभियानमा लागेका हौ ।’
उनले अत्याबश्यक समयमा मात्र सडकको मर्मतको लागि कुरा गर्ने बानी हटाइ पहिल्यै सजकता अपनाउने गरी यस्तो काम गरिएको बताए ।
सडक मर्मत भएपछि बर्षा तथा हिउँदको समयमा समस्या ग्रस्त सडकबाट मासिनहरुले सहजता प्राप्त गरेका छन । ग्रामिण क्षेत्रकै अति ब्यस्त सडक भनि रिडी रुद्रबेणी वामीटक्सार सडकखण्ड अन्तर्गत सोही क्षेत्रमा भएको मर्मत सम्भारले बुटवल देखी बुर्तिबाङ लगायतका क्षेत्रमा पुग्ने यात्रु तथा गाडी चालकहरु पनि उक्त कामबाट लाभान्वित भएका छन ।

No comments: