सडक देखेर ज्यानको डर लाग्छ, आफ्नै रिपोर्ट बनाउन अर्काे पत्रकार चाहिने हो कि ?
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बर्ष शुरु भएसँगै हिलाम्य भएका ग्रामिण क्षेत्रका सडकहरु अझै पनि बेहाल अबस्थामा छन । प्रशासनले मर्मत गर्ने कार्यलाई ढिलाइ गर्दा चालक तथा यात्रुहरुले निकै सास्ती भोग्दै आइरहेका छन । यही अबस्थाको सडकको रुपमा चित्रण गर्न सकिन्छ नेपालकै ब्यस्त मानिने करिब ४६ किलोमाटिरको रिडी रुद्रबेणी वामी टक्सार सडक खण्ड । जुन सडकमा यात्रा गर्नेहरुलाई मात्र थाहा छ कि सडकको अवस्था कस्तो छ भनेर ?
यस क्षेत्रमा जनताका नाममा राजनीति गर्ने राजनीतिक दलहरु तथा उनका कार्यकर्ताहरुले यती उती बजेट पर्याे भनेर फुइ लडाए पनि कुनै खालको प्रगती भएको छैन, बरु झन दुर्गती हुँदै गएको देख्न सकिन्छ । अझ वामी देखी कुर्घाको भुवाचिदी हुँदै आँपचौर सम्म जाने सडकमा खाल्डा उनी खाल्डाभरी हिलो पानीले गर्दा यात्रा निकै असहज हुने गरेको छ ।
आफ्नै रिपोर्ट बनाउन अर्काे पत्रकार चाहिने हो कि ?
त्यसैगरी हिलाम्य बाटोमा आफुलाई पनि हिलाम्य बनाउँदै यात्रा गरिरहेका सञ्चारकर्मी प्रकाश घिमिरेले पनि उस्तै दुखेसो पोखे । उनले भने “जोखिम मोलेर हिड्नु पर्छ, रिपोर्टिङ गर्ने क्रममा यस्ता सडकका कारण आफ्नै रिपोर्ट बनाउनको लागि अर्काे पत्रकार चाहिने होे कि भन्ने चिन्ता लाग्छ । ” उनले जनताहरुले राजनीतिक दलहरुको झण्डा बोकेर पछि लाग्नु पनि बेकार भएको बताए ।
यस्तै सोही हिलाम्य बाटोमा पैदल यात्रा गरिरहेका वामी ९ का समाजसवी गोपाल खरेलले पनि आफ्नो गुनासो सडकको बिग्रदा स्थिती र राजनीतिक दलहरु प्रति नै पोखे । उनले बाटाको यस्तो अवस्था हुँदा पनि मर्मत तथा स्तारोन्नतीको लागि कुनै पहल नहुनु दुखद भएको बताए ।
करिब ४६ किलोमिटर रहेको यस सडकको स्तरोन्नतीको लागि निकै बर्ष भयो कुरा चल्न थालेको तर अहिले पनि काम शुरु भएको देख्न सकिएको छैन । गुल्मीको रिडी देखी मर्मत हुँदै आइरहेको भन्ने जानकारी आएता पनि वामी, कुर्घा तथा आँपचौरसम्मको यात्रामा सडकको अवस्था यही कुरुप देख्यौ हामीले । जस्ले यात्रुहरुको असहजता त थपेको छ नै दुर्घटनाको जोखिम पनि बढाएको छ । यस तर्फ स्थानीय, सरोकारवाला, प्रशासन तथा राजनीतिक दलहरुको ध्यान जानु जरुरी छ ।

No comments: