ग्वालीचौरका स्थानीयहरुद्धारा आन्दोलनरत गाबिसहरुलाई बन्द हड्तालका कार्यक्रम नगर्न आग्रह ।।
अनिश शर्मा गैरे, प्रकाश घिमिरे, वामी गुल्मी ।।
ग्वालीचौरका राजनीतिक दल, समाजसेबी लगायतको उपस्थितीको बैठकले गाँउपालीको केन्द्रको बिषयमा आन्दोलनमा उत्रिएका गाबिसहरुलाई बन्द हड्तालका कार्यहरु नगर्न आग्रह गरेको छ । बन्द तथा आम हड्तालको कारणले सोझा साझा नागरीकहरुलाई निकै समस्या भएको भन्दै उनीहरुले यस्ता कार्यक्रमका शैलीहरु नअपनाउन आग्रह गरेका हुन ।
बैठक ग्वालीचौर गाबिस सचिब सीता पुनको अध्यक्षता रहेको थियो भने नेपाली काङ््ग्रेसका सभापति अर्जुन खरेल, एमालेका अध्यक्ष कमलराज आचार्य, नेकपा माओबादी केन्द्रका अध्यक्ष कलाधर घिमिरे, शान्ति समितिका संयोजक नेत्र प्रसाद गौतम, नागरीक समाजका प्रतिनिधि चेतनारायण आचार्य, लगायत बिभिन्न संघसंस्थाका प्रमुख एबम प्रतिनिधिहरु, समाजसेबी, बुद्धिजिविहरुको उपस्थिती रहेको थियो ।
साथै उनीहरुले सात गाबिसको गाँउपालीकाको केन्द्र ग्वालीचौरको खौलारलाई निर्णय गरेकोमा स्थानीय पुर्नसंरचना आयोग तथा जिल्ला प्राबिधिक समिति बाग्लुङ्लाई धन्यबाद ब्यक्त गरेको नेकपा एमालेका अध्यक्ष कमलराज आचार्यले जानकरी दिनुभयो ।
यसैबिच
पश्चिम बाग्लुङका ५ गाबिसले गत भाद्र १६ गते जिल्ला प्राबिधिक समितिले गरेको निर्णय लाई स्वागत गरेका छन । हिजो ४ गाबिसका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहितको २ ठाँउमा बसेको बैठकले निर्णयलाई भब्य स्वागत गर्दै छिटो कार्यान्वयन गर्न माग गरेका थिए भने आज पनि जलजलामा बैठक बसी सोही निर्णय गरेका छन । निर्णयमा भनिएको छ, सघिंय राज्यको ब्यबस्था अनुसार जिल्ला प्राबिधिक समितिले गत भाद्र १६ गते पश्चिम गाबिसका सात गाबिसहरु मिलाई गरेको बढिगाड गाँउपालीका र ग्वालीचौर केन्द्रको प्रस्ताब बैज्ञानिक, बस्तुगत तथा सघिंयताको मुल मर्म अनुरुप भएको भन्दै यस निर्णयको भब्य स्वागत गर्दछौ ।
कार्यक्रममा समाजसेवी क्याप्टेन डिल बहादुर श्रीसको सभापतित्व रहेको थियो भने नेपाली काङ्ग्रेस जलजलाका सभापति टेक बहादुर श्रीस (तेजेन्द्र), नेकपा एमालेका अध्यक्ष दान बहादुर केसी, नेकपा माओबादी केन्द्रका इन्चार्ज प्रेम गलामी, बिभिन्न संघ संस्थाका प्रतिनिधि, समजसेबी लगायतको उपस्थिती रहेको थियो भने ग्वालीचौरबाट राजनीतिक दलका मध्ये नेपाली काङ््ग्रेसका सभापति अर्जुन खरेल, एमालेका अध्यक्ष कमलराज आचार्य, नेकपा माओबादी केन्द्रका अध्यक्ष कलाधर घिमिरे, शान्ति समितिका संयोजक नेत्र प्रसाद गौतम, नागरीक समाजका प्रतिनिधि चेतनारायण आचार्य कृष्णको उपस्थिती रहेको थियो ।

No comments: