"2513058968709111" /> नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सबको आज उद्घाटन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सबको आज उद्घाटन ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बैशाख १९ गते, आइतबार ।।
नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सबको आज उद्घाटन  गरिएको छ । कार्यक्रमको पुर्ब उर्जा मन्त्री तथा गुल्मी क्षेत्र नम्बर ३ का माननीय सासँद गोकर्ण बिष्टले उद्घाटन गर्नुभएको हो । हिरक महोत्सब मुल समारोह समितिका संयोजक हरि बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा
बुटवल बहुमुखी क्याम्पसका प्राद्यापाक डाक्टर बुद्ध थापा, बिद्यालयका भुपु प्रद्यानाध्यापक हरि बहादुर आचार्य लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यालयका संस्थापक प्रद्यानाध्यापक केदार प्रसाद रेग्मीको स परिावर, संस्थापक भुपु बिद्यार्थी, भुपु समिति लगायतलाई प्रमुख अतिथि, बिशिष्ट अतिथिले मायाको चिनो दोसल्ला सहित सम्मान गर्नुभएको थियो ।
सोही कार्यक्रममा स्थानीय भैलो, खुल्ला पुरुष भलिबल प्रतियोगीता लगायतका अन्य प्रतियोगीतात्मक कार्यक्रम हरु सम्पन्न भएका छन । भलिबल प्रतियोगीतामा पौदी प्राबि पौदी अमराईले प्रथम स्थान हासिल गर्दै २५ हजार हात तथा छत्रभुमि रिमिक्स समुहले दोस्रो हुँदै २० हजार सहित कप मेडल प्रमाण पत्र प्राप्त गरेका छन । त्यसेगरी अन्तर माबि स्तरीय बकतृत्वकला प्रतियोगीतामा जनज्योती माबि पौदी अरेवा प्रथम, त्रिभुबन उमाबि कुर्घा द्धितिय तथा वेयलफेयर ईग्लिस बोर्डिङ स्कुल ग्वालीचौर तृतिय भएका छन । त्यसैगरी कार्यक्रममा माद्यामिक तथा प्राबि स्तरीय हाजिरिजवाफ, गणित दौड प्रतियोगीताहरु पनि सम्पन्न भएका छन । कार्यक्रम बेशाख १५ बाट १८ सम्म बिबिध खेलकुद तथा १९ गते बाट २१ गते सम्म बिभिन्न औपचारीक कार्यक्रमहरु सचिब सम्पन्न हुने छ ।
हिरक महोत्सब मुल समारोह समितिका उपसंयोक देबेन्द्र गुरुङको स्वागत रहेको कार्यक्रमको सञ्चालन  एभिन्युज टेलिभिजनका मदन खाती, सञ्चारकर्मी भुवन भुषाल र सचिब भुपेन्द्र बहादुर रायमाझीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.