नेपाली काङ्ग्रेस वामीद्धारा वडा कमिटि गठन, काङ्ग्रेस प्रति आस्थावान कसैले पनि शिर झुकाउनु नपर्ने ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बैशाख १९ गते, आइतबार ।।
नेपाली काङ्ग्रेस वामी गाँउ कार्य समितिले आज वामी ८ मालारानीमा वडा कार्य समिितको गठन गरेको छ । गाँउ कार्य समितिका सभापति सुदर्शन शाक्यको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कल्पना घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा क्षेत्रिय प्रतिनिधि फन बहादुर रायमाझी, दिनेश खाती, पार्टी सदस्य अर्जुन सापकोटा, लगायतको बिशेष उपस्थिती रहेको थियो । त्यसैगरी नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का शिक्षक संघ पुर्ब संयोजक मेघ बहादुर छन्तेल, वडा नम्बर ८ का पुर्ब सभापति ओम बहादुर छन्तेल, क्रियाशिल सदस्य नारायण काफ्ले लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमले ज्ञान बहादुर छन्तेलको सभापतित्वमा १७ सदस्यीय समितिको गठन गरेको छ । जस्को उपसभापतिमा यम बहादुर छन्तेल, सचिबमा तिल बहादुर दर्लामी, सहसचिबमा गँगा घर्ती, कोषाध्यक्षमा नेत्र कुमारी छन्तेल लगायत रहनुभएको छ । त्यसैगरी ५ सदस्यीय सल्लाहकार समितिको पनि गठन गरिएको छ । जस्को संयोजकमा नर बहादुर केसी, उससंयोजकमा ओम बहादुर छन्तेल, सदस्यहरुम रन बहादुर छन्तेल, हीरा छन्तेल र चन्द्र छन्तेल रहनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले ईतिहास देखी संङ्घर्ष गर्दै आइरहेको नेपाली काङ्ग्रेस पार्टीले कुनै पनि बाधा अड्चन लाई पनि सहज रुपमा लिइ निरन्तर रुपमा अगाडी बढी रहने बताउनुभयो । त्यसैगरी बिकास को लागी कुना काप्चामा रहेका सबै अगाढी बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै सभापति नेपाली काङ्ग्रेसमा आस्था राख्ने कसैलाई पनि शिर झुक्ने अबस्था सिर्जना हुन नदिने बताउनुभयो । कार्यक्रमको अबसरमा अन्य पार्टीहरु परित्याग गरी सात जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । नेपाली काङ्ग्रेस गाँउ कार्य उपसभापति भिमसेन केसीको स्वागत रहेको कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस ईलाका नम्बर ९ का सह सचिब तथा नेपाल बिद्यार्थी संघ जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका पार्टी पदाधिकारीहरु, क्रियाशिल सदस्य लगायत अन्य पाटीमा आस्थावान कार्यकताहरुको सहभागीता रहेको थियो ।
No comments: