बडागाँउको आगलागीबाट धन जन दुबैको क्षती, आगो निभाउने क्रममा एक जनाको ज्यान गयो, ५० घर जले ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
बैशाख १८ गते ।।
गुल्मीमा यसपालीको सुख्खायामा आगोलागीले महाविपत्ती निम्ताएको छ ।बडागाँउमा बिहान देखी लागेको आगोले धन जन सबैको क्षती गरेको छ । आगो झण्डै नियन्त्रणमा आएको छ भने आगो नियन्त्रण गर्ने क्रममा एक जनाको ज्यान गएको छ, एक जना घाइते भएका छन भने दर्जनौ घरहरु जलेर जष्ट भएका छन ।
आगो निभाउने क्रममा बडागाँउ गाबिस वडा नम्बर १ का ६६ बर्षिय मेहरसिँह राकसकोटी ज्यान गएको छ भने वडा नम्बर २ का केशर बहादुर नेपाली घाइते हुनुभएको छ । आगालागीका काण गोठ मा भएका पशु चौपाया, घरमा भएका धन सम्पत्ति लत्ता कपडा जलेर नष्ट भएका छन ।
बिहान करिब १० बजेबाट जङ्गलबाट आगो शुरु भई हावा हुरीको कारण पुरै गाँउ नै सखाप पारेको छ । घट्नास्थल पुग्नुभएका हाम्रा सहकर्मी कौरब खत्रीका अनुसार आगोलागीको कारण जम्माजम्मी ५० घर जलेर नष्ट भएका छन । उहाँका अनुसार बडागाँउ वडा नम्बर १ का ३८ घर र वडा नम्बर २ मा १२ घर जलेर नष्ट भएका छन । घटना स्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, स्थानीय बासी, जिल्ला स्तरका बिभिन्न कार्यलयहरुका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको टोली पुगी आगो नियन्त्रणको लागी प्रयास शुरु गरेको थियो ।
घर गोठ पुरै जलेर आकाशको छानो मात्र भएका बडागाँउ बासीहरुको लागी नेपाल रेडक्रस सोसाइटीले पिडीतहरुलाई त्रिपाल, टेन्ट, पानी, बाल्टी लगायतका राहातका सामाग्रहीहरु बितरण गरेको छ । घट्ना स्थलमा जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघको टोली पनि पुगेको छ ।

उक्त स्थान जंगल भन्दा चारैतिर व्यक्तिका ख¥यान भएको ठाउँ हो । कतै काटदै गरिएको खर त कतै बाँकी रहेकोले आगो भिषण बनेको हो । त्यस क्षेत्रका धेरै जसो घर हरु खर र टिनले बनेको हुँदा आगोले भिषण रुपा लिएको प्रहरी चौकी वामीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक गणेश श्रीस ले जानकारी दिनुभयो । शुक्रवार पनि गुल्मीको जिल्लाको दोहोली गाविसको जुकेखोला सामुदायिक वनमा शुक्रवार बिहान देखि लागेको लागेको आगो निभाउँने क्रममा दोहोली ५ का ६२ वर्षका तुल्सीलामा गुरुङ्ग र दोहोली वडा नं. ६ का लोक बहादुर गुरुङ्गको मृत्यु भएको थियो ।

No comments: