"2513058968709111" /> आगोले पा¥यो हर्दाहेर्दै दजाकोट गाउँ ध्वस्त - अनिश शर्मा गैरे
Breaking News
recent

आगोले पा¥यो हर्दाहेर्दै दजाकोट गाउँ ध्वस्त

४५ भन्दा बढि घर ध्वस्त, सयौं गाई,भैसी मरेर हैजाको त्रास
   प्रेम सुनार
गुल्मी, बैशाख–१८ ।  तिन दिन अघि देखि  तलको वनमा लागेको आगोले त्यो हाल बनाउला भनेर सोच्दै सोचेका थिएनन् दजाकोट गाउँवासीले । यस्तो आगो वर्षेनी लाग्थ्यो, निभ्थ्यो भन्दै बसेका उनिहरु  आज दिउँसो े एक्कासी लागेको बतास संगै आगो गाउँमा छि¥यो र उनिहरुले हेर्दाहेर्दै, भाग्दाभाग्दै झण्डै सिङ्गो गाउँ ध्वस्त भयो । थप घरहरु ध्वस्त पार्ने क्रम जारी छ । दजाकोट गाउँ अर्थात गुल्मी बडागाउँ–१ मा रहेको जनजातीहरुको वाक्लो  वस्ती  ।


लाहुरेहरु र वैदेशिक रोजगारमा रहेकाहरुले बनाएका अग्ला र सुन्दर घर गोठहरु यति वेला  भत्केका ठाँटी पौवा जस्तै बनेका छन् ।  त्यस वटा नम्वर १ र २  को माझागाउँ सहित यो समाचार तयार पार्दा सम्म ४५ वटा भन्दा बढि घर गोठहरु जलेर नष्ट भएको स्थानियवासी बताए ।
    ‘कुनै मानविय क्षति नभए पनि सयौंको संख्यामा गाई भैसी, वाख्राहरु जलेर दुर्घन्धित भएको छ ’–त्यहाँका समाज सेवी हरिप्रसाद छन्त्याल भन्छन–‘ अहिले त ज्यान जोगाईयो अव हैजा आएर ज्यान जान्छन कि भन्ने डर छ   । ’ उनले थपे– ‘ आगोबाट बच्न   भाग्दै छौं, आगाको ज्वाला दन्केकोले गाउँ छिर्न सक्ने अवस्था छैन् , त्यसलै घरधनीहरुको नाम  टिप्न सकिदैन तर आम्रा आँखा अगाडी ३५ वटा जति घर जलिरहेका छन् ।’
    माथी वडा नम्वर –२ को  माझा गाउँमा पनि १०  वटा घर ,  १० वटा गोठ २१ वटा भैसी जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।  तर   त्यहाँका समाज सेवी केशर बिकले भने त्यो भन्दा ठुलो सख्यामा चौपाँय र अन्य क्षति भएको बताएका छन् ।   उनले दिएको जानकारी अनुसार त्यसगाउँका टेकबहादुर बिक,सोमबहादुर दर्लामी, श्यामकला दराम्ले, मेघबहादुर दर्लामी, जमुना दर्लामी, धनबहादुर साकस, गोविन्द रेश्मी, ज्ञानबहादुर दर्लामी, ओमकाला दर्लामीको घर गोठ जलेर नष्ट भएको छ  । केहिको नाम खुल्न सकेको छैन् ।

बिक भन्छन्–‘ मानविय क्षति नभए पनि दुई करोड भन्दा वढिको क्षति भएको छ । चौपाँय ,अन्नपात , घरमा भएको नगद, महत्वपुर्ण कागज , कपडा लत्ता , भाँडाकुडा जलेर डल्लो परेका छन ।  उनले थपे–‘  यि अग्ला अग्ला घर र गोठहरुको हिसाब  गर्ने हो भने यो टोलमा मात्रै दुई करोड बढि र तल दाजाकोटमा ८ देखि १० करोड भन्दा बढिको क्षति अनुमान गर्न सकिन्छ । ’

   त्यस दाजाकोट गाउँको ख¥यान बडागाउँ गाविसमा सवै भन्दा बढि खर उत्पादन हुने र  पहिल्लै देखि कहलाएको ख¥यान हो । स्थानियवासीले आफ्नो खर काटेर सकेका थिएनन् । मान्छे भन्दा अग्ला अग्ला सिरुका गाँज , त्यस्तै लामो खरबारीमा तल  सिलाथुम, ढुङ्गेठाँटी हलेएठाँटी , लाँकुरे डाँडा र उता डाँडाथोक सामुदायिक वनमा अँस्ती देखि लागेको आगो आज दिउँसो ह्वात्तै पस्यो ।  समाज सेवी छन्त्याल भन्छन–‘ यति वेला यो गाउँमा माहविपत्ती आएको छ तर प्रहरी संग गुहार मागेको एक घण्टा भयो अहिले सम्म आएका छैनन् ।’ यस अघिको समाचार तयार गर्दा सेना  र सशस्त्र प्रहरी , प्रहरी सहितको टोली जाँदै छ भनेका जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल संग अहिले सम्पर्क राख्दा उनले एक टोली हिडी सकेको र अर्को टोली आफ्नै कमाण्डमा लैजान लागेको बताए । त्यस गाउँ सदरमुकाम  तम्घासवाट उत्तर  करिव ११ किलो मिटरको दुरीमा पर्दछ । गाडीमा डेढ घण्टामा पुग्न  सकिने हुँदा  प्रहरीले अलि ढिालाई गरेको स्थानियको गुनासो जायज देखिन्छ । तर प्रहरी प्रमुख रावलले एकै साथ आज जिल्लाका विभिन्न स्थानमा आगो लागी भएकोले नियन्त्रणमा गएको टोली नफर्किएकोले ढिलाई भएको बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.