"2513058968709111" /> गुल्मीमा एक दर्जन बढि घर जलेर नष्ट सिंङ्गो गाउँ जल्ने क्रम जारी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीमा एक दर्जन बढि घर जलेर नष्ट सिंङ्गो गाउँ जल्ने क्रम जारी ।।

 प्रेम सुनार
गुल्मी, बैशाख–१८ ।
गुल्मीमा यसपालीको सुख्खायामा आगोलागीले महाविपत्ती निम्ताएको छ ।
आज विहान देखि गुल्मीको बडागाउँ २ दजाकोटको वनमा लागेको आगो गाउँ तिर फैलिदै जादा त्यस गाउँका दर्जनौं घरहरु व जलेर नष्ट भई सकेका छन भने अरु  सिङ्गो गाउँ नै ध्वस्त पार्ने गरी आगो फैलिएको  स्थानिवासीले बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी भोल रावल पनि त्यो गाउँमा लागेको आगोले थुपै्र घरहरु जलेको विवरण कन्ट्रोल रुमले टिप्दै गरेको बताउनुभयो । स्थानियवासीका अनुसार दजाकोटको माझगाउँ र तल्लोगाउँमा गरी ५० भन्दा बढी घर जलेर नष्ट भएका छन ।

उद्धार कार्य भईरहेको बताइएको छ ।  घटना स्थलमा प्रहरी पुगी सकेको र थप वल पठाउन नेपाली सेना सशस्त्र प्रहरीको टोली त्यस तर्फ पठाउन लागिएको प्रहरी प्रमुख रावलले जानाकारी दिनुभयो । उक्त स्थान जंगल भन्दा चारैतिर व्यक्तिका ख¥यान भएको ठाउँ हो ।
 कतै कटदै गरिएको खर त कतै बाँकी रहेकोले आगो भिषण बनेको हो । सदरमुकाम तम्घासबाट उत्तर ११ किलो मिटमा पर्ने सो स्थानमा पुग्न गाडीमा करिव २ घण्टा लाग्दछ ।
Photo from Tara bhusal....

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.