गुल्मीका बिभिन्न ठाउँमा आगलागी हस्तिचौरमा एक घर जलेर नष्ट
अनिल खत्री
गुल्मी चैत २४ । गुल्मीका भिभिन्न स्थानमा आगाली भएको छ । बुधवार जिल्लाका बिभिन्न स्थानका जंगल तथा घरमा आगालीहुदा एक घर समेत जलेको थियो । आगलागीबाट गुल्मीको हस्तिचौरमा एक घर जलेर नष्ट भएको छ । हस्तिचौर गाविसको वडा नं. ३ स्थित कडेनी भन्ने ठाउँ भन्ने स्थानमा लागेको आगोबाट पार्वती मुखियाको एक तले कच्चि घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानिय झुम्की मुखियाले काडाँमा आगो लगाउँने क्रममा हावा हुरीका कारण फैलिएको आगो जंगलहुदै लाग्दा पार्वती मुखियको घर जलेको थियो । आगोबाट जलेर घर भित्र रहेका अन्न तथा लत्ता कपडाहरु नष्ट भएको प्रहरीले जनाएको छ । आगो स्थानिय वासी र हस्तिचौर प्रहरी चौकी टोली लगायतले नियन्त्रण लिएका थिए । यस्तै गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक स्थल अर्जुनडाडामा पनि आगलागी भएको छ ।
यस्तै बुधवार दिउँसो तिर मोहरै भन्ने स्थानबाट आगलागी हुँदा अर्जुनडाडा सम्म आगो फैलिएको थियो । अर्जुन डाडामा आगलागीहुँदा सोहि ठाउँमा रहेका नेपाल टेलिभिजनको टावर, रेडियो रेसुङ्गा र स्काई एफ एमका टावर तथा सामानहरु उच्च जोखिममा परेका थिए ।
आगालागीबाट धनमालको नोक्सानी नभएपनि वन जंलमा रहेका बन्य जन्त तथा बोट विरुवाहरु जलेर नष्ट भएका छन् । जिल्लाको सदरमुकाम नजिकै रहेको अर्जुन डाडामा आगलागी भएपछी स्थानिय वासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका टोलीले आगो नियन्त्रण लिने प्रयास जारी राखेका जिल्ला वन कार्यालय गुल्मीका साहयक वन अधिकृत कर्णबहादुर पाण्डेयले जानकारी दिनुभयो ।
आगो निभाउँने प्रयास भैरहेको र हावा हुरीका कारण पुन फैलिने गरेकाले पुर्ण रुपमा नियन्त्रण नआएको पाण्डेले जानकारी दिनुभयो । यस्तै जिल्लाकै रेसुङ्गा नगरपालिका १३ सिमीचौको एक जंगलमा आगलागी भएको छ । सिमीचौरको जंलमा लागेको आगो स्थानिय वासी तथा नेपाल प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । गर्मि र सुख्खा मौसम भएकोले आगलागीबाट बच्च भिन्नि उपाएहरु अपनाउन जिल्ला वन कार्यालय गुल्मीले अनुरोध गरेको छ । हावा हुरीको मौसमा भएकोले आगो वाल्दा र आगो जन्य पदार्थहरु प्रयोग गर्दा बिशेष ध्यान दिन जिल्ला वन कार्यालय गुल्मीले आग्रह गरेको छ । बिभिन्न ठाउँमा भएको आगलागीबाट मानविय क्षेती भने भएको छैन् ।

No comments: