"2513058968709111" /> नेपाली काङ्ग्रेस रेसुङ्गा नगर कार्य समितिले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काङ्ग्रेस रेसुङ्गा नगर कार्य समितिले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने ।।

अनिश शर्मा गैरे वामी गुल्मी ।।
नेपाली काङ्ग्रेस रेसुङ्गा नगर कार्य समितिको बैठक सम्पन्न छ । बैठकले रेसुङ्गा संरक्षण समितिको आयोजनामा बिश्व कल्याणका लागी आगामी चैत्र २५ गते देखी ४ गते सम्म सम्पन्न हुन गइरहेको श्रीमत देबी भागमत नवाह महायज्ञको लागी नगर क्षेत्रका क्रियाशिल सदस्य, क्षेत्रीय प्रतिनिधि, वडा कार्य समितिका पदाधिकारी लगायत नेपाली काङ्ग्रेसका सम्पुर्ण क्रियाशिल सदस्यहरुलाई पुजा सम्पन्न गर्नको लागी सहयोग गर्न र सफल बनाउँनको लागी आह्वान गर्ने निर्णय गरेको छ । साथै बैठकले आउँदै गरेको नया बर्ष २०७३ सालको सम्पुर्णमा शुभकामाना ब्यक्त गर्दै आगामी बैशाख १ गते सदरमुकममा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न गरिने निर्णय गरेको सचिब अनिल बस्नेतले जानकारी दिनुभयो ।

बैठकमा नगर कार्य समितिका सभापति छबिलाल पाण्डेयको सभापतित्व रहेको थियो भने सचिब अनिल बस्नेतको सहजीकरण रहेको थियो ।
यस्तै नेपाली काङ्ग्रेस मुसीकोट गाँउ कार्य समितिले वडा नम्बर ६ मा तरुण दलको गठन गरेको छ । रबिन्द्र केसीको अध्यक्षतामा १७ सदस्यीय समितिको गठन गरिएको हो । जस्को उपसभापतिमा देबि मल्ल, सचिबमा जगत अधिकारी, सहसचिबमा सन्जय केसी र अनिता केसी, कोषाध्यक्षमा मधु केसी लगायत अन्य सदस्यहरु रहनुभको छ । त्यसैगरी सोही वडा मै हरि बहादुर खत्रीको अध्यक्षतामा १५ सदस्यीय नेपाल किसान संघको गठन गरिएको छ । जसको उपसभापतिमा बोम बहादुर खत्री सह उपसभापतिमा यम बहादुर खत्री, सचिबमा टोप बहादुर खत्री, सहसचिबमा माया खराल , कोषाध्याक्षमा पार्वती अधिकारी रहनुभएको छ । त्यसैगरी बिजुला रानाको अध्यक्षतामा १३ सदस्यीय महिला संघको पनि गठन गरिएको छ । जस्को उपसभापतिमा पार्वती अधिकारी, सचिबमा पार्वती खराल, सहसचिबमा बिना केसी, कोषाध्यक्षमा मिना खराल लगायत अन्य सदस्यहरु रहनुभएको छ । वडा नम्बर ६ का वडा कार्य समितिका सभापति लेखनाथ भट्टराइको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिब सुबास खत्रीले गर्नुभएको थियो भने कार्यक्रममा गाँउ कार्य समिति मुसीकोटका पदाधिकारी, इलाका समितिका पदाधिकारीहरु तथा जिल्ला कार्य समितिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा नव गठित समितिहरुलाई फुल टिकाले सम्मान गरिएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.