"2513058968709111" /> गुल्मी जिल्लाका सबै नेताहरु भन्छन "जिल्लामा करौडौ रकम मैले ल्याएको हुँ" - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी जिल्लाका सबै नेताहरु भन्छन "जिल्लामा करौडौ रकम मैले ल्याएको हुँ"

मुख्यसचिब पौडेल भन्नुहुन्छ "बिकासका कामको श्रेय आफुले लिनु गलत हो " 
प्रेम सुनार, गुल्मी ।।
अहिले गुल्मीका सडकहरुको स्तरउन्नतीका लागि करोडौं रकम परेको  छ र त्यो भन्दा बढि रकम अझै पर्दैछ ।  तर, यो रकम यहाँको कुन दलका नेताहरुको पहलमा प¥यो भन्ने विषयमा मुख्य तिन दलका नेताहरु आ–आफुले नै दावि गर्दै आएका छन्  नेताले खोलै नभएको ठाउँमा पुल पारी दिएको छु भन्ने हल्ला पनि यसै गुल्मीमा नचलेको होईन् । केन्द्रमा रकम पार्नका लागि पहल गर्न जिल्लाबाट सवै दलका नेता जान्छन । जव रकम प¥यो भने फर्केर आए पछि आफ्नै दलको पहलमा भनेर कार्यकर्ता मार्फत प्रचार गर्न लगाउ छन् । कतिपय सडकको उपनाम पनि नेताको नाम संग जोड्ने गरिन्छ ।  पछिल्लो चरण सडक विस्तारका लागि  परेको रकमका विषयमा पनि निकै बहस भएका छन ।
कांग्रेस नेताले मेरो पहलमा भन्छन् , सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सरकारमै रहेको एकिकृत नेकपा माओवादी नेताले पनि हाम्रै पालमा पारेका योजनाहरुलाई अहिले निरन्तरता दिईएको दावी गरेका छन् ।  खज्र्याङ्ग चारपाला देखि शान्तिपुर सम्म  सडक विस्तारमा १३ करोड भन्दा बढि रकम  नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीको पहलमा परेको भन्ने सो पार्टीका नेताहरुको दावि छ भने एमाले र एमाओवादीका  नेताहरुले त्यसलाई अनाधिकृत प्रचारवाजी मात्रै भएको टिप्पणी गरेका छन् ।
नेकपा एमालेका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नम्वर २ का  पुर्व सांसद प्रदिपकुमार ज्ञवालीले कांग्रेस नेताहरुको दाविलाई हावादारी गफको संज्ञा दिए । उनले भने –‘ तुराङ्ग हुँदै वल्लो पाखो हुग्दीखोलाको किनारै किनार शान्तिपुर लैजाने बाटो मेरै पालामा खन्न सुरु गरिएको हो । तर अहिले मलाई थाहै नदिई चन्द्र जी ( चन्द्र भण्डारी ) ले अर्कैबाटो खज्र्याङ्गमा लगेर जोड्नु  भए छ त्यस प्रति मैलै मन्त्रालयमा विरोध पनि जनाई सकेको छ । ’
सांसद चन्द्र भण्डारीका स्वकिय सचिव माधव न्यौपानेले भौतिक पुर्वधार तथा यातयात मन्त्रालयबाट सांसद भण्डारीको पहलमा रुद्रवेणी वामीटक्सार सडकमा ४८ करोड रकम स्वीकृती भएको भन्दै पत्र पठाएका छन् नि ? भन्ने प्रश्नमा एमाले नेता ज्ञवाली भने –‘त्यो हावादारी गफ हो, त्यो भर्खर प्रकृयामा छ अर्थमन्त्री ज्यु आएपछि स्वीकृतीका लागि पेश हुने छ ।’
नेता ज्ञवालीले रुद्रवेणी देखि आँपचौर सम्मको सडक स्तरउन्नतीका लागि अहिले १ करोड ५० लाख रकम परेको जानकारी दिए । ‘वामीटक्सर सम्मका लागि झण्डै एक अर्व रकम आवस्यक पर्छ त्यो वहुवर्षिय योजनामै छ ’–उनले भने–‘ हाम िप्रचार गर्दैनौं काम गछौं अव गुल्मीमा थप विकास कार्य अगाडी बढ्दैछ ।’ एमाले नेता ज्ञवालीले कांग्रेस नेता  भण्डारीलाई लक्षित गर्दै भने –‘उनको मात्रै पहलमा आयो भनिएको विकास वजेट बेकारको हल्ला हो, उनि एक्लैले कौेडी केहि गर्न सक्दैनन्् । ’


शालझण्डी तम्घास फास्ट्रयाकलाई आफ्नो चुनावी मुद्धा बनाएका कांग्रेस नेता भण्डारीले अहिले उक्त सडक, क्षेत्र नम्वर २ र १ का अन्य केहि सडकहरुमा परेका रकमहरु आफ्नो पहलमा भएको दावि गर्दै आएका छन् ।

नेता भण्डारीले एमाले नेता ज्ञवालीलाई लक्षित गर्दै भने –‘उहाँहरुले २० ÷ २१वर्ष सम्म क्षेत्र नम्वर २ मा राजनीति गरेर केहि गर्नु भएन अहिले जव धमाधम क्षेत्र नम्वर २ मा ठुला ठुला विकास वजेटहरु  परे पछि ईश्र्या गर्नु थाल्नु भएको छ, अरु केहि होईन् । ’उनि आफुले सभासद भएको छोटो अवधीमा धेरै विकास बजेट ल्याएको तर एमाले नेता ज्ञवालीले नगरेको भन्दै आलोचना गरे पनि एमाले कैे अर्का नेता गोकर्णराज विष्टले भने क्षेत्र नम्वर ३ मा निकै विकास गरेको भन्दै प्र्रशंसा गरे । भने –गोकर्णजी तम्घास सिमलटारी सडक लगायतको थुप्रै विकास कार्यमा लाग्नुु भएको छ उहाँको प्रशंसा गर्नु पर्छ ।
 ’यता एकिकृत नेकपा माओवादी गुल्मीका जिल्ला अध्यक्ष तथा पुर्व सभासद सुदर्शन वरालले रिडी रुद्रवेणी देखि कालिगण्डकी कोरिडोर र यता वामीटक्सार सडकको स्तरउन्नतीका लागि आफ्नै पालामा योजना पारिएको र त्यसको अहिले निरन्तरता मात्रै भएको बताए । उनले भने –‘२०६८ सालमा आफ्नो पार्टी एमाओवादी सरकारमा छँदा कालिगण्डकी कोरिडोर निर्माण नेपाली सेनालाई जिम्मा दिने र रुद्रवेणी देखि वामीटक्सार सम्मको सडक वहुवर्षिय योजनामा पार्ने निर्णय गरेको हौं ।’ उनले थपे–‘ कालिगण्डकी कोरिडोर निर्माणलाई अगाडी बढाउन  बढि पहल गर्ने तत्कालिन मुख्य सचिव लिलामणी पौड्यल हो । हामी सरकारमा छँदा राष्ट्रिय योजना आयोगको उपाधयक्ष दिपेन्द्रबहादुर क्षेत्री हुनुहुन्थ्यो भने मुख्य सचिव लिलामणी पौड्याल । कालिगण्डकी कोरिडोरमा मैले नै उहाँहरुलाई ल्याएर स्थलगत अध्यान गराएको हुँ , उहाँहरुलाई सोधे स्पष्ट हुन्छ  कसको पहलमा कालिगण्डकी कोरिडोर खन्न सुरु गरिएको हो भन्ने कुरा ।
सरकारी निकायका  कागज पत्र चोरेर वा फोटो खिचेर फालानो सडकमा मैले र मेरो दलको पहलमा यति  रकम प¥यो भन्दै फेशवुकमा शेयर गर्नु त्यो अनाधिकृत प्रचार गर्नु एकदमै गलत हो भन्दै वरालले यस्तो कार्यमा बढि मात्रमा  कांग्रेस र उ पछि एमालेका पनि केहि नेताहरु  लागेको आरोप लगाए । त्यसो त गुल्मी क्षेत्र नम्वर २ मा सभासद छँदा एमाले नेता प्रदिपकुमार ज्ञवालीले पारेका योजनाहरु समेत आफुहरुले पारेको भन्दै जनतामा कांग्रेसका केहि नेता कार्यर्ताहरुले भ्रम छरेको एमालको आरोप छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले भने –‘धेरै वर्ष अघिको जिल्ला परिषदको निर्णय पल्टाएर हेर्नुस् शालिझण्डी तम्घास सडक निर्माण गर्ने निर्णय हामीले पहिल्लै गरी सकेका छौं तर त्यो सडक मैरै पहलमा ल्याएको हुँ भन्नु  चन्द्र भण्डारी जस्ता एउटा विध्वान नेतालाई कति सुहाउने हो, थाह भएन् ।’ उनले शालिझण्डी तम्घासको अवधारण  २०१२ ÷ ०१३ सालबाटै सुरु भएको बताए । सुरुमा यो अवधारण अर्घाखाँचीका काशीनाथ गौतम, डाक्टर डिल्लीरा गौतम लगायतले आगाडी सारेको उनले खुलासा गरे ।
केहि वर्ष अघि प्रदिप कमरेड , टोपबहादुर रायमाझी र हामी अध्यानका लागि पनि पुगेका हौं  पटौती देखि खज्र्याङ्ग सम्म बाटो आई सकेको थियो तर अहिले चन्द्रजीले शालिझण्डी सम्म जोडेर प्रचार गर्नु गलत हो,–नेता पन्तले भने  ।  उनले शालिझण्डी तम्घास सडक लगायतका कुनेै पनि विकास निर्माणमा एउटै दल वा नेताले मात्र जस लिन खोज्न नहुने तर्क राखे ।
नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले पनि उस्तै धारण राखे । भने –‘विकास निर्माण भन्ने कुरा निरन्तर अगाडी बढ्ने प्रकृया  हो । पहिला पहिलाका नेताहरुले पनि  विकास केहि गरेनन भन्न मिल्दैन  तर जति जनताले अपेक्षा गरेका थिए त्यति   पुरा हुन नसके  पछि  २ नम्वर क्षेत्रमा नेपाली कांग्रेसले नयाँ जनमत पाएको कुरामा कुनै दुईमत छैन् ।’
उनले थपे–‘  सोही  अनुरुप चन्द्र भण्डारी सभासद भए पछि  नेपाली का्रग्रेसको नेतृत्वमा  शालिझण्डी तम्घास सडक लगायत ठुलठुला विकास वजेट पारिएकै हो । चाहे त्यो खज्र्याङ्ग गौडाकोट जुभुङ्ग मजुवा हुँर्दै क्षेत्र नम्वर १ जोड्ने बाटो होस् , चाहे तम्घास सिमिलटारी र बढिघाट खोलाको सडक र त्यहाँका ठुला ठुला पुलमा रकम पार्ने र दौघाको खानेपानी योजनालाई अगाडी बढाउन माननिय चन्द्र भण्डारी र नेपाली काग्रेसको पहल पक्कै हो । ’
तर पुर्व मुख्य सचिव पौड्यालको खुलासा यस्तो छ .......
नेपाल सरकारका मुख्य सचिव हुनु अघि देखि नै गुल्मी जिल्लाको हरेक विकास निमार्ण र अन्य सामजिक कार्यमा  निकै योगदान पुराउँदै आएका र स्थानियवासी समेत भएकोले यहाँको हरेक कुरामा जानकार रहेका नेपाल सरकारका  तत्कालिन मुख्य  सचिव लिालमणी पौड्याल भन्छन् गुल्मीको विकास निर्माणमा कुनै एउटा व्यक्तीले श्रेय लिन खोज्नु गलत हो । ‘शालझण्डी तम्घास फास्ट्रयाक सडकका लागि साँच्ची भन्ने हो भने सवै भन्दा बढि पहल मैले नै गरेको हुँ ,–उनले भने –‘आज भन्दा दुई वर्ष अघिको बैशाखमा मैले नै त्यस सडकको स्थलगत अध्यान गरेको हुँ । त्यस पछि मैले नै अध्यान कार्यदल बनाएँ । त्यस पछि तत्कालिन मन्त्री एवं एमाओवादी नेता टोपबहादुर रायमाझी र म गएर शालझण्डी तम्घास सडक र ढोरपाटन सम्म जाने सडकको उद्घाटन गरेर काम अगाडी बढाएका हौं ।’ उनले थपे–‘ पछि नेपाली कांग्रेस सरकारमा छँदा केहि रकम पार्नमा चन्द्र भण्डारीले पहल गर्नु स्वभाविक हो तर मैले नै त्यस सडकको अवधारण ल्याएको  हुँ भन्नु गलत हो ।’
त्यस सडकमा एमाले नेता ज्ञवालीको भुमिका कत्ति पनि नभएको तर रिडी देखि वामीटक्सारच लगायतका सडकहरुको स्तरउन्नतीमा एमाले नेता ज्ञवालीको अलि बढि भुमिका रहेको पौड्यालको ठहर छ । उनले भने–‘ उहाँ धेरै पटक मरो कार्यकक्षमा समेत आई रहनुहुन्थ्यो । त्यस भेगका सडक निर्माणमा उहाँ सधै लाग्नु भएको कुरा ढाँट्नु हुँदैन् । ’
उनले कालिगण्डकी कोरिडोर योजना पार्नमा सवै भन्दा बढि  पहल  एमाओवादी नेता एवं गुल्मी क्षेत्र नम्वर १ का  पुर्वं सभासद सुदर्शन वरालले गरेको खुलासा गरे । ‘त्यस सडक खोल्नमा सुर्दशन जीले निकै मेहनत गर्नु भएको हो । त्यस अघि कालिगण्डकी कोरिडोर स्याङ्गजा पर्वत हुँदै लैजान लागिएको थियो । तर हामीले  गुल्मी तिरबाटै लैजाने निर्णय ग¥यौ’– उनले भने –‘त्यसमा चन्द्रजी र प्रदिपजीको पनि खासै भुमिका छैन्, जति सुदर्शनजीको छ । ’
तर पनि कुनै पनि विकास निर्माणमा कुनै पनि दलका नेताले आफु एक्लैले गरेको हुँ भनेर श्रेय लिन नहुने उनको सुझाव छ । उनले थपे –‘कसैको खल्तीको रकम होईन राज्यको ढुकुटीबाट  पारिने रकम एउटैको प्रयासले हुँदैन सवैको  प्रयत्नबाट मात्रै हुन्छ । ’ उनले आफु पावरमा छँदा जिल्लाका तिन वटै क्षेत्रमा सडक स्तरउन्नतीका लागि प्रयास थालेको बताए । त्यसमा जिल्लाका सवै दलका नेता, सभासदहरुको हात रहेको भन्दै यसरी नै साझा विकास भावनाले अगाडी बढ्नु पर्ने सुझाव दिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.