"2513058968709111" /> आफ्नो शेयर सदस्यका पिताको निधनप्रति रेडियो पुष्पाञ्जलीद्धारा शोक सभा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आफ्नो शेयर सदस्यका पिताको निधनप्रति रेडियो पुष्पाञ्जलीद्धारा शोक सभा ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
चैत्र १४ गते ।।
रेडियोका सेयर सदस्य डिलाराम खरेलको पुजनिय पिता देउपती खरेलको निधनप्रति दुख ब्यक्त गर्दै आज रेडियो रेडियो पुष्पाञ्जलीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको सभापतित्व रहेको कार्यक्रममा समितिका सचिब सरोज राज बौद्धाचार्य, दुर्गा भवन उमाबि आँपचौरका शिक्षक बिष्णु भट्टराईले शोक मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सञ्चालका समितिका कोषाध्यक्ष दिनेश खाती, सदस्य सुन्दर प्रधान, कर्मचारी, , सेयर सदस्य रामचन्द्र सापकोटा, समाजसेबी लगायतको उपस्थिती रहेको कार्यक्रममा बोल्दै सभापति सुदर्शन शाक्यले समबेदना पत्र बाचन गर्दै उहाँले समाजमा पुर्याएको योगदानको बारेमा चचौ परिचर्चा गर्नुभएको थियो । आफ्नै निवासमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.