"2513058968709111" /> आगामी माघ २२ र २३ गते कुर्घामा हुने सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको तयारीको लागी समिति गठन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आगामी माघ २२ र २३ गते कुर्घामा हुने सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको तयारीको लागी समिति गठन ।।

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
माघ १२ गते ।।
जिल्ला खेलकुद बिकास समिति गुल्मीको आयोजनामा सम्पन्न हुन गइरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको बारेमा कुर्घामा बैठक सम्पन्न भएको छ । खेलकुद बिकास समिति गुल्मीका सदस्य ज्ञानहरी सापकोटाको अध्यक्षता रहेको बैठकले प्रतियोगीता सम्पन्न गर्नको लागी जिल्ला खेलकुद बिकास समितिका सदस्य नविन कक्षपतिको संयोजकत्वमा ३६ सदस्यीय समितिको गठन गरिएको छ । जसको सदस्यहरुमा जिल्ला खेलकुद बिकास समितिका संयोजक ज्ञानहरी सापकोटा, बिद्यालय निरिक्षक जीवन खनाल, त्रिभुवन उमाबिका ब्यबस्थापन समिति अध्यक्ष खड्क बहादुर खड्का, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शर्मा, प्रहरी चौकी वामीका इन्चार्ज कृष्ण बहादुर बिक लगायत रहनुभएको छ ।  बैठकमा सदस्य चन्द्र राकसकोटी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, त्रिभुवन उमाबि कुर्घाका प्राचार्य राम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम माघ २२ र २३ गते कुर्घामा रहेको त्रिभुवन उमाबिमा क्षेत्र नम्बर एकको प्रतियोगीतात्मक छनौट कार्यक्रम सम्पन्न हुँदै छ । कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी आफुहरु दिनरात खट्निे समेत नवगठित समिितले बचनबद्धता ब्यक्त गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.