"2513058968709111" /> गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा माघे संक्रान्ति मेला सुरु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा माघे संक्रान्ति मेला सुरु ।।

गुल्मी १ माघ ।
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुस्थित रिडीमा माघे संक्रान्ति मेला सुरु भएको छ । आधा दर्जन भन्दा बढी संघ सस्थाको संयोजनमा माघ १ गतेदेखि ५ गतेसम्म बिबिध कार्यक्रमको आयोजना गरी मेला मनाइने आयोजक फ्रेण्ड क्लवका अध्यक्ष रामलाल विश्वकर्माले जानकारी दिए ।
माघे संक्रान्तिदेखि तीनदिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने  विश्वास छ।
शुक्रबार बिहानैदेखि रिडीमा नुहाउने तथा मेला अबलोकन गर्नेको भिड छ । मेलामा स्नान गर्न आउने श्रद्धालुहरुको घुँईचो छ ।
विगत ४० बर्षदेखि लगातार रिडीमा नुहाउन आइरहेका ७७ वर्षीय गुणानीधि पाण्डेयले आफूलाई रिडी गएर ननुहाए सन्तोष नहुने बताए ।
मेलामा स्नान गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋण तिरिने धार्मिक विश्वास छ । ५ दिनसम्म चल्ने मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिएको छ । मेलामा श्रीमद् भागवत महापुराण समेत सञ्चालन गरिएको छ ।
मेलामा कम्मल, काम्ला, राडी पाखी, बाँस तथा चोयावाट बनेका सामग्र, ओखरका घाँजी लगायतका वस्तु राम्रो व्यापार हुने गरेको छ ।
श्रोत : नागरीक आवाज न्युज । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.