"2513058968709111" /> नेपाली काङ्ग्रेस द्धारा जिल्लाका बिभिन्न गाबिसमा अन्तरक्रिर्यात्मक कार्यक्रमहरु सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काङ्ग्रेस द्धारा जिल्लाका बिभिन्न गाबिसमा अन्तरक्रिर्यात्मक कार्यक्रमहरु सम्पन्न ।।

अनिश गैरे, वामी गुल्मी ।।
१५ कार्तिक गुल्मी ।।
नेपाली काङ्ग्रेसको आँदै गरेको महाधिवेशन लगायतका बिषयमा बृहत छलफल तथा कार्यकर्ता भेटघाट सँगै बिबिध कार्यक्रमहरु सम्ञचालन हुन थालेको छन । यसै प्रसँगमा नेपाली काङग्रेस गाउ कार्य समिति वामीले एक अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मी क्षेत्र नं.३ का क्षेत्रीय सभापति तथा युवा नेता दामोदर भुषालले नेपाली काङग्रेसको नेतृत्वमा बनेको सबिधान पुर्ण रुपमा कार्यान्वयन भए मात्र काङ्ग्रेसको जित हुने बताउनुभएको छ साथै उहाँले सबिंधान कार्यान्वयन भएमात्र जनताको समृद्धि स्थापित हुने कुरामा जोड दिनुभयो । यस्तै सोहि अवसरमा महाधिवेशन प्रतिनिधि द्धोय वेद मगर र महेन्द्र भण्डारी, नेपाली काङग्रेस इलाका नम्बर ९का संयोजक शुदर्सन शाक्य लगायतले नेपाली काङ्ग्रेसका समसामयिक गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो । यस्तै साही अबसरमा नेपाल शिक्षक युनियन गुल्मकिा अध्यक्ष भिमलाल सापकोटा, नेपाली काङग्रेस इलाका नम्बर ९का सदस्य द्धोय दिनेश खाती, महेश श्रेष्ठ सास्कृतिक सघंका केन्द्रिय सदस्य दयाराम पाण्डे, रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्री लगायतको विशेष आतिथ्यता रहेको थियो । नेपाली काङ्ग्रेस गाउ कार्य समिति वामीका सभापति कृष्णहरि सापकोटाको सभापत्वि रहेको कार्यक्रमको सञ्चालन सचिव तेजेन्द्र जि.सिले गर्नुभएको थियो ।
यस्तै
नेपाली काङग्रेस गाउ कार्य समिति नेटाले पनि अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्यसमीति गुल्मीका सचिव छन्द बहादुर पहराइ, महासमिति सदस्य विष्णु पन्थीे, नेपाल तरुण दल गुल्मीका अध्यक्ष खिलध्वज पन्थी, नेपाल शिक्षक सँघ गुल्मीका अध्यक्ष प्रेम नारायण भण्डारी लगायतले नेपाली काङग्रेस प्रतिपक्षमा बस्नुको कारण तथा समसामाहिक राजनितिक गतिविधि , विकास निर्माण र आसन्न महाधिवेशनको बारेमा र्चचा गरिएको थियो । गाउ कार्य समिति नेटाका सभापति निम बहादुर के.सीको सभापत्वि रहेको अन्तक्रियामा सचिव इन्द्र बहादुर घर्तिको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन नेपाली काङग्रेस गाउ कार्य समिति वामीका सदस्य दिपक श्रीसले र्गनुभएको थियो ।
यस्तै नेपाली काङग्रेस गाउ कार्य समिति अर्लाङकोट, कुर्घा, पौदिअमराई र दर्लिङमा समेत अन्तरक्रिर्या  कार्यक्रम सम्पन्न भएको छ। सोहि कार्यक्रममा नेपाली काङग्रेस गाउ कार्य समितिका पदाधिकारी, क्रियाशिल सदस्य, भातृसंगठन, महिला संघ, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.