"2513058968709111" /> उच्चस्तरिय संयन्त्रद्धारा गाबिसका बिद्यालयका भवनको लागी वामी श्रोत केन्द्रले गरेको निर्णय अमान्य रहेको ठहर ।। - अनिश शर्मा गैरे
Breaking News
recent

उच्चस्तरिय संयन्त्रद्धारा गाबिसका बिद्यालयका भवनको लागी वामी श्रोत केन्द्रले गरेको निर्णय अमान्य रहेको ठहर ।।

अनिश गैरे, वामी गुल्मी ।।
गुल्मीको अर्लाङ्कोट गाबिसको बिकासको लागी परेका योजनाहरु, शैक्षिक कार्यक्रमहरु लगायतका बिषयमा बृहत बहस, छलफल, निरिक्षण तथा अुनगमन गर्ने तथा चित्त नबुझेका कुराहरुको बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्धेश्यका साथ एक संयन्त्र गठन गरि कार्य अगाडी बढाईएको छ । उच्चस्तरिय संयन्त्र नाम दिईएको त्यस संयन्त्रले गाबिसमा भएका काम कारबाही पारदर्शी, योजनाबद्ध तरिका बाट हुने गरेका छन कि छैनन लगायतका बिषयमा बृहत बहस तथा अुनगम कार्य गर्न शुरु गरेको संयन्त्रका संयोजक रामकृष्ण कंडेलले बताउनुभयो । यसैबिच यिनै बिषयमा छलफल तथा अन्य कार्य तर्जूमाको लागी आज एक बृहत भेला सम्पन्न गरिएको छ । संयन्त्रका संयोजक रामकृष्ण कंडेलको अध्यक्षतामा बसेको भेलाले शिक्षा कार्यालय गुल्मीले शैक्षिक सत्र २०७२–७३ मा गाबिसका बिद्यालयहरुको लागी निर्माण तथा बितरण गर्ने भवनहरुको सम्बन्धमा वामी श्रोत केन्द्रले गरेको निर्णय प्रति चित्त नबुझेको भन्दै जिल्ला शिक्षा कार्यालय गुलमीको ध्यानाकर्षण गर्नै निर्णय गरेको छ । बैशख १२ गतेको शक्तिशाली भुकम्पका कारण क्षती ग्रस्त भएका भवनहरुको पुननिर्माण लगायतका बिषयमा वामी श्रोत केन्द्रले गरेको निर्णय आफुहरुलाई चित्त नबुझेकाले यस्तो निर्णय गर्न आफ्नो संयन्त्र बाध्य भएको संयोजक कंडेलको भनाई छ । भेलामा सितापुर उमाबि अर्लाङ्कोटका प्रद्यानाध्यापक नरेशराज खरेल, गाबिसका समाजिक परिचालक भुमा गुरुङ, वडा नम्बर १ का संयोजक तारा प्रसाद कंडेल लगायतले आफ्नो धारणा राख्नुभएको थियो । भेलामा संयन्त्रका सदस्यहरु, गाबिसका बिकास निर्माणमा खटिने ब्यक्तिहरु, समाजसेवी, बुद्धिजिवि, शिक्षाप्रेमी, पत्रकार लगायतको बिशेष उपस्थिती रहेको थियो भने सञ्चालन सदस्य बुद्धि मणि खरेलले गर्नुभएको थियो । सोही संयन्त्रले गाबिको हितको लागी बिबिध निर्णय गर्दै कार्यान्वयनमा ल्याउनको लागी बिशेष कार्य अगाडी बढाउने जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.