"2513058968709111" /> वामीबासीले ११ बजेर ३१ मिनेटमा टिका लगाए ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामीबासीले ११ बजेर ३१ मिनेटमा टिका लगाए ।।


अनिश गैरे,
वामी गुल्मी ।।

बिजयादशमीको दिन आज वामी बासीहरुले बिहानको ११ बजेर ३१ मिनेटमा टिका ग्रहण गरेका छन । देशभर बिहान १० बजेर ५५ मिनेटमा टिका लगाईए पनि स्थानीय साईत अनुसार वामी बासीहरुले ११ बजेर ३१ मिनेटमा टिका लगाएका हुन । वामीमा रहेको खड्क देबी मन्दिरको आह्वानमा स्थानीयहरुले प्रत्येक बर्ष स्थानीय साईतअनुसार टिका लगाउने गरेका छन । यसैबिच वामी मैदानमा रहेको खड्कदेबी मन्दिर कोटमा पनि बिशेष पुजाआजा गरिएको छ । दशैको दिन आज खड्क देबी मन्दिरमा बिशेष पुजाआजा सहित पशुहरुको बलि दिईएको थियो । पुजाआजा कार्यक्रममा बोका, पाठा, भेडा, कुखुरा, परेवा लगायत पशु पन्क्षीहरुको बलि दिईएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.