सप्तरीको भारदहमा प्रहरीको गोली लागेर एकको मृत्यु...
२३ भदौ, राजविराज ।
सप्तरीको भारदहमा प्रहरीको गोली लागेर बुधबार एकजनाको मृत्यु भएको छ । सवारी साधनहरु स्कोटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको थियो ।
फाइल तस्वीर
झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको हो ।
प्रहरीले स्कोटिङ गरेर गाडी पठाउने भनेपछि आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका थिए ।
सो स्थानमा अहिले पनि तनाव जारी छ । प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप भैरहेको छ । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।
http://www.onlinekhabar.com/
फाइल तस्वीर

No comments: