"2513058968709111" /> एटिएम सेवा सञ्चालनमा ।। - अनिश शर्मा गैरे
Breaking News
recent

एटिएम सेवा सञ्चालनमा ।।

अनिश गैरे, वामी गुल्मी ।।
ग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट पनि  पहिलो पटक एटिएम कार्ड (अटोमेटिक टेलर मेसिन)  सेवा देखि  सञ्चालन भएको छ ।  यस क्षेत्रका सेवाग्राहीहरुको माग र चाहनालाई मध्यनजर गदै सेवा सञ्चालन गरिएको वामी शाखाका प्रबन्धक अम्बु रायमाझीले जानकारी दिनु भयो । साथै उँहाले  गुल्मीको रिडी देखि बाग्लुङको बुर्तिबाङ सम्मकै स्थानहरुमा यो सेवा कतै नभएको हुदा वामीशाखाबाट एटिएम मार्फत सेवा लिन सर्वसाधारणहरुलाई आग्रह गर्नुभयो । गुल्मी र बाग्लुङ गरी १ दर्जन गाविस भन्दा बढि करिव ९ हजार सदस्यहरु रहेको वामीशाखामा दैनिक रुपमा १ सय ५० देखि २ सय सम्म सेवाग्राहीहरुले आर्थिक कारोवार गर्ने गरेको समेत शाखा प्रवन्धक  रायमाझीले जानकारी दिनु भयो । उक्क्त एटिएम सेवा मार्फत विद्युत र नेटको व्यवस्था भएमा २४ घण्टा छिटो,छरितो तरिकाले  सेवा लिन सकिने तथा एक पटकमा रु.५ सय देखि ३५ हजार सम्म रकम लिन सकिनुको साथै  राष्ट्रिय वाणिज्य, एस.वि.आई लगायत अन्य बैकहरुंको पनि एटिएम सेवा लिन सकिने समेत उहाँले बताउनु भयो । यता एटिएम सेवा सूचारु भएपछि  सेवाग्राहीहरु भने हर्षित भएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.