"2513058968709111" /> जिल्ला खेलकुद बिकास समिति गुल्मीद्धारा त्रिभुबन उमाबि कुर्घालाई खेलकुद सामग्री खरिदको लागि २५ हजारको चेक हस्तान्तरण ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला खेलकुद बिकास समिति गुल्मीद्धारा त्रिभुबन उमाबि कुर्घालाई खेलकुद सामग्री खरिदको लागि २५ हजारको चेक हस्तान्तरण ।।

अनिश गैरे, वामी गुल्मी ।।
२४, श्राबण ।।
जिल्ला खेलकुद बिकास समिति गुल्मीद्धारा कुर्घामा रहेको त्रिभुबन उमाबिलाई खेलकुद सामग्रीहरु खरिदको लागी २५ हजारको चेक हस्तान्तरण गरेको छ । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समिति गुल्मीका सदस्य नबिन कक्षपतिले खेल क्षेत्रको बिकासमा बिद्यालयले उतकृष्टता हासिल गरेकोमा धन्यबाद दिदै खेलकुद बिकास समितिद्धारा बिद्यालयलाई अझै थप सहयोग गर्ने बताउनुभयो । सोही अबसरमा कार्यक्रममा बिशेष अतिथि वामी श्रँेत केन्द्रका श्रँेत ब्यक्ति देबिराम शर्माले शैक्षिक र खेल क्षेत्रमा बिद्यालयले उच्च पहिचान बनाएको भन्दै आउदा दिनहरुमा जिल्ला शिक्षा कार्यालयबाट आफ्नो तर्फबाट निरन्तर पहल गरिरहेने उल्लेख गनूभयो । यस्तै बिद्यालयका प्राचार्य राम बहादुर थापाले बिद्यालय प्रति सहयोग गर्ने खुलकुद बिकास समिति शिक्षा कार्यलय प्रति धन्यबाद ब्यक्त गर्दे बिद्यालयको गरिमा बढाउन सफत बिद्यार्थीहरु प्रति आभार ब्यक्त गुर्नु भयो । गत माघमा भएको छैठौ राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगीतामा जिल्ला प्रथम हुन सफल सोही बिद्यालयलाई खेल सामग्री खरिद तथा खेल क्षेत्रको बिकासको लागी सहयोग गरिएको खेलकुद बिकास समितिका प्रशिक्षक उमेश थापाले जानकरी दिनुभयो । सोही अबसरमा रेडियो पुष्पाञ्जली सञ्चालक समिति सदस्य ज्ञानु सापकोटा, कार्यकारी प्रमुख कौरब खत्री, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष खड्क बहादुर खड्का, जिल्ला खेलकुद बिकास समितिका प्रशिक्षक उमेश थापा लगायतको उपस्थिती रहेको थियो । जिल्ला खेलकुद बिकास समित गुल्मीका कार्यालय प्रमुख दिपक केसीको अध्यक्षता, बिद्यालयका सहायक प्राचार्य कृष्ण प्रसाद गौतमको स्वागत मन्तब्य तथा शिक्षक सुकदेब रिजालको सञ्चालनमा सोही कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.