"2513058968709111" /> वामीमा छिट्टै हस्पिटल सञ्चालन हुँदै, भबन निर्माणको लागी जग्गा खरिद ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामीमा छिट्टै हस्पिटल सञ्चालन हुँदै, भबन निर्माणको लागी जग्गा खरिद ।।

अनिश गैरे, वामी गुल्मी
चैत्र ०५–
वामीमा बृहत हस्पिटल निर्माणको वामी ३ परुवामा लागी जग्गा खरिद गरिने भएको छ । बाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा बसेको बैठकले सोही स्थान निबासी स्व. बिद्यालक्ष्मी शाक्य तथा उहाँका छोरा दल प्रसाद शाक्य बाट निशुल्क प्राप्त ५ रोपनी तथा ४ लाख रुपैयाको दरमा झण्डै ६ रोपनी जग्गा खरिद गरेको छ । साथै सोही स्थान निबासी प्रेम नारायण सापकोटाबाट निशुल्क २ रोपनी तथा प्रति रोपनी ४ लाखका दरले २ रोपनी जग्गा खरिद गरिएको संघका अध्यक्ष शाक्यले बताउनुभयो । बृहत हस्पिटल ब्यबस्थापन समिति तथा उद्योग बाणिज्य संघ वामी शाखा बिचमा आज भएको सयुक्त बैठकले सोही निर्णय गरेको हो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.