"2513058968709111" /> दुबै मृगौला फेल भएर शिक्षण अस्पतालमा उपचारार्थ बिकको जीवन रक्षार्थ अभियान चलाईने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

दुबै मृगौला फेल भएर शिक्षण अस्पतालमा उपचारार्थ बिकको जीवन रक्षार्थ अभियान चलाईने ।।

अनिश गैरे, वामी गुल्मीदुबै मृगौला फेल भएर शिक्षण अस्पतालमा उपचारार्थ गुल्मी अर्लाङ्कोट ४ निबासी केयरसिहँ बिककी श्रीमती अम्बिका खड्का बिकको जीवन रक्षाको अभियान चलाईने भएको छ । अलाईङ्कोट तथा छिमेकी गाबिसहरुका बुद्धिजिविहरुको बिशेष भेलाले सोही अभियान चलाउने निर्णय गरेको हो । भेलाले उहाँको जीवन रक्षाको लागी नरेशराज खरेलेका अध्यक्षतामा १७ सदस्यीय आर्थिक ब्यबस्थापन समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा भुमा गुरुङ्, कोषध्यक्षमा बिश्वनाथ सापकोटा, सचिबमा यज्ञ कंडेल, तथा सहसचीबमा यत्रमुर्ति सापकोटा लगायत अन्य सदस्यहरु रहनुभएको छ । साथै समितिले आज मात्रै रु २३ हजार रकम समेत सँकलन गरिसकेको समितिका अध्यक्ष नरेशराज खरेलले जानकारी दिनुभयो । साथै उहाँले बिकको जीवन रक्षाको लागी आफ्नो सानो सहयोग पनि ठुलो हुने भन्दै अर्थिक सहयोगको लागी सम्पुर्णलाई आग्रह समेत गर्नुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.