"2513058968709111" /> जिल्ला प्रहरी कार्यालय गुल्मीको अयोजानमा नगरीक सुनुबाई कार्यक्रम खैरेनीमा सम्पन्न ।। - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला प्रहरी कार्यालय गुल्मीको अयोजानमा नगरीक सुनुबाई कार्यक्रम खैरेनीमा सम्पन्न ।।

माघ २६–
जिल्ला प्रहरी कार्यलय गुल्मी र इलाका प्रहरी कार्यलय जोहाङ्गको आयोजनामा गुल्मीको क्षेत्र नम्बर १ जोहाङ्ग खैरेनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यलय जोहाङ्गको कार्यक्षेत्र अन्र्तगतका गाविसका अगुवाहरुको उपस्थिती रहेको उक्त नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरुले प्रहरीका काम कारवाहीका बारेमा खुलेर गुनासा तथा प्रशंसा गरेका थिए । कार्यक्रममा सहभागी अधिबकाशंले इलाका प्रहरी कार्यलय जोहाङ्ग तथा जिल्ला प्रहरी कार्यलय गुल्मीबाट जिल्लावासीहरुले शान्ति सुरक्षामा प्रहरी २४ सै घण्टा खटिरहेकाले प्रहरीको प्रशंसा गरेका थिए । उनीहरुले जिल्ला तथा यस इलाका प्रहरी कार्यलय अन्र्तगतका गाविसहरुको समस्याका रुपमा रहेको मदिरा नियन्त्रण गर्नका लागि प्रहरीको सहयोग आवश्यक रहेको भन्दै मदिरा नियन्त्रण भएमा गाउँघरमा हुने झै–झगडा। चोरी डकैती लगायत घरेलु हिसांको समेत अन्त्य हुनेमा जोड दिएका थिए । कार्यक्रममा जोहाङ्गका देवी प्रसाद भण्डारी, जुनियाका टेक बहादुर खत्री, हसराका तुल्सीराम ज्ञवाली, लिम्घाका छविलाल नेपाली, जोहाङ्गकै बिष्णु भण्डारी,हसराका शिबप्रसाद भण्डारी,जोहाङ्गका पूर्ण बहादुर राना,हसरा २ का मुक्तिराम भण्डारी, हसरा २ कै लक्ष्मण भण्डारी,हसरा ७ का खगेश्वर ढकाल,काशीराम न्यौपानेले पहलेको प्रहरी र अहिलेको प्रहरीमा धेरै परिर्वतन आएको बताएका थिए । उनीहरुले आफ्नो क्षेत्रमा पहिलो पटक प्रहरीको नागरिकका जिज्ञाशा तथा गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रम गरेकाले जिल्ला प्रहरी कार्यलय गुल्मीलाइृ धन्यवाद दिएका थिए । कार्यक्रममा महिलाहरुका समस्याका बारेमा बोल्दै जोहाङ्ग ५ की दुर्गा ढकालले आफुहरु मदिराका कारणले पुरुषहरुबाट हिसांमा पर्नुपरेको गुनासो राखेकी थिईन ।उनले जवसम्म गाउँमा  मदिरा नियन्त्रण हुदैन गाउँमा शान्ति सुरक्षा कायम नहुनेमा समेत जोड दिईन ।
कार्यक्रममा प्रहरीका बारेमा उठेका जिज्ञासा तथा समस्याहरुलाई जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठले सम्बोधन गरेका थिए । जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जनतापनि बर्दीबिनाका प्रहरी भएकाले गाउँ टोलमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई जनताको सहयोग रहेको बताए । ५ गाविसका लागि १४ जना प्रहरीमात्र यस क्षेत्रमा रहेकाले हजारौ जनताले गर्न नसकेको काम १५ जना प्रहरीले गर्न नसक्ने भन्दै श्रेष्ठले प्रहरी र जनताको हातेमालोले मात्र यस क्षेत्रको शान्ति सुरक्षा हुनेमा जोड दिए । उनले गाउँमा रहेका इलाका तथा चौकीहरुले प्रहरीको कुनै प्रलोभनमा परेर प्रहरीको मर्यादालाई आचँ आउने काम गरेमा समेत आफु मातहतका प्रहरीलाई अनुसन्धान गरि जस्तोसुकै कारवाही गर्न पछि नहट्ने नागरिकहरुलाई बिश्वास दिलाउनुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक हिमालय कुमार श्रेष्ठ, प्रहरी नायव निरिक्षक सुशिल कुमार राय, यस क्षेत्रका समाजसेवी, राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, आमा समुह, ब्यापारी, प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष शिबलाल सुबेदी, पत्रकार हेम त्यागी लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.