हाँस्य टेलिश्रृंखला 'जिरे खुर्सानी' को प्रसारण रोकियो

नेपाल टेलिभिजनबाट हरेक सोमबार प्रसारण हुँदै आएको चर्चित हाँस्य टेलिश्रृंखला 'जिरे खुर्सानी' को प्रसारण रोकिएको छ । जिरे खुर्सानीसँगै अर्को चर्चित हाँस्य श्रृंखला 'भद्रगोल' को प्रसारण पनि रोकिन पुगेको हो ।
जिरे खुर्सानी नेपाल टेलिभिजनको पुरानो र लोकप्रिय कार्यक्रम हो भने भद्रगोलले छोटो समयमा लोकप्रियता कमाइरहेको थियो । दुबै श्रृंखलाको प्रायोजन गरी विज्ञापन उठाउने कम्पनी वर्ल्ड भिजन एडभरटार्इजिङले बैंकमा राखेको धितो रकम नक्कली भएको पुष्टि भएपछि दुबै श्रृंखलाको प्रसारण रोकिएको हो ।
कम्पनी वर्ल्ड भिजन एडभरटार्इजिङले सिद्दार्थ बैंकमा राखेको ५ करोड ८६ लाख रुपैयाँ बराबरको धितो रकम फर्जी भएको पाइएपछि दुबै श्रृंखलाको प्रसारण रोकिन पुगेको हो । नक्कली धितो प्रकरणको पोल खुलेपछि कम्पनी वर्ल्ड भिजन एडभरटार्इजिङ कम्पनीका सञ्चालक दिनेश श्रेष्ठ हाल महानगरीय प्रहरी परिसर हनुमान ढोकाको हिरासतमा छन् । उनी थुनिएपछि यी दुबै टेलिश्रृंखलाको नयाँ भाग प्रसारण हुन सकेका थिएनन् । नक्कली धितो प्रकरणामा मुछिएपछि नेपाल टेलिभिजन सञ्चालक समितिले व्यापार महाशाखा प्रवन्धक पवन माण्डब्य र आर्थिक महाशाखाका प्रमुख राजन श्रेष्ठलार्इ छानविनका लागि निलम्वन गरिसकेको छ । आर्थिक वर्ष ०७१/७२ का लागि नेपाल टेलिभिजनले गत साउनमा बन्द भएका दुर्इ टेलिश्रृंखला तथा तितो सत्य र मेरी बास्सै ! को ठेक्का वर्ल्ड भिजन एडभरटार्इजिङले लिएको थियो । ‘तितो सत्य’ र ‘मेरी बास्सै !’ लार्इ भने वर्ल्ड भिजन एडभरटार्इजिङले अर्को कम्पनी मिडिया हबलाई बिक्री गरेको थियो ।
जिरे खुर्सानीको निर्देशन जितु नेपालले गर्दै आएका छन् भने भद्रगोलको निर्देशन शंकर आचार्यले गरिरहेका छन् । जिरे खोर्सानीको टिम हाल विदेशयात्रामा छ । भद्रगोलको भने हाल पनि सुटिङ जारी रहेको जानकारी प्राप्त भएको छ ।

No comments: