"2513058968709111" /> आज बिश्व रेडियो दिबस - अनिश शर्मा गैरे
Breaking News
recent

आज बिश्व रेडियो दिबस

फागुन १
विश्व रेडियो दिवस आज विश्भर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेबु्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
त्यस यता हरेक वर्ष रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । रेडियोहरुलाई एउटा माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोहरुलाई सूचनाको पहुँचलाई बढावा दिनका लागि प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
विश्वमा व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६३ वर्ष पुगेको छ । बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।
२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका ७४ जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अहिले इजाजत प्राप्त रेडियो ५ सय १५ र नियमित प्रसारणमा ३ सय ६० वटा रेडियो रहेका छन् । सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि लोडसेडिङ, आर्थ्कि तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नुपरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.