"2513058968709111" /> सुशासन अभियान गुल्मीले मिडिया फेलोसिप प्रदान गर्ने - अनिश शर्मा गैरे
Breaking News
recent

सुशासन अभियान गुल्मीले मिडिया फेलोसिप प्रदान गर्ने

पौष २२–
सुशासन अभियान गुल्मी तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित एलाक डीपी कार्यक्रम अन्तर्गत यस वर्ष पनि मिडिया फेलोसिप प्रदान गरिने भएको छ । सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धि समाचार लेखन तथा सम्प्रेषणमा पत्रकारहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले गत वर्ष जस्तै यस वर्ष पनि जिल्लाका ३ जना पत्रकारहरुलाई मिडिया फेलोसिप प्रदान गर्ने सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयले जानकारी दिनुभयो ।आज वसेको कार्यसमितिको बैठकले संस्थाका सहसचिव नरेश भण्डारीको  संयोजकत्वमा पुरस्कार छनौट उपसमिति गठन गरी पुरस्कारको लागि १५ दिने सार्वजानिक सूचना समेत प्रकाशित गरेको छ । मिडिया फेलोसिपको लागि जिल्लामा कार्यरत पत्रकारहरुले ब्यक्तिगत विवरण र परिचय खुल्ने कागजात सहित २०७० फागुन १२ गतेदेखि २०७१ मंसिर मसान्तसम्म कार्यरत सञ्चारमाध्यममा सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्वन्धि विषयमा प्रकाशित÷प्रशारित समाचार, लेख तथा रिपोर्ट माघ ६ गतेभित्र संस्थाको कार्यालयमा पेश गर्नुपर्ने छ । यस्तै गरी बैठकले एलाक डीपी परियोजना अन्तर्गत हालसम्म संचालित कार्यक्रमहरुको समीक्षा गर्दै प्रभावकारी रुपमा संचालन भएको निचोड निकालेको छ । यसैग्री वैठकले संस्थाका नयाँ दुई जना कार्य समिति सदस्यहरु सीता भण्डारी र तारादेवी पौड्याललाई स्वागत गर्दै बधाई समेत ज्ञापन गरेको छ । संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकमा सहसचिव नरेश भण्डारी, कोषाध्यक्ष माहाशर्मा भण्डारी, सदस्यहरु धनेन्द्र विश्कर्मा, सीता भण्डारी, तारादेवी पौड्याल, वेदप्रसाद कुँवर, सल्लाहकार गुणानिधी शर्मा लगायतको उपस्थिति रहेको थियो ।
वैठकको संचालन कार्यक्रम अधिकृत हीरा कुँवरले गर्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.