"2513058968709111" /> सडक दुर्घटनामा परी सञ्चारकर्मी देबकोटाको निधन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सडक दुर्घटनामा परी सञ्चारकर्मी देबकोटाको निधन ।।

पौष २५–
स्याङजाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७८२४ नम्बरको ट्रक र बुटवलबाट स्याङजातर्फ जाँदै गरेको लु १४ प ५४१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा परी घाईते मध्ये एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते भएका बुटवल नगरपालिका १२ का २६ वर्षिय गोविन्द देवकोटा ९जीडी जोन्स रियाज०को उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । मृतक देवकोटा सञ्चारकर्मी तथा गायक हुन ।
दुर्घटनामा मोटरसाइकलमा सवार बुटवल – १२ बस्ने ३६ वर्षका विशाल क्षेत्री र देवकोटा घाइते भएका थिए । घाइते दुवैजनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकोमा देवकोटाको मृत्यु भएको प्रभास प्रहरी चौकीका सई राजकुमार चापागाईले पुष्टि गरेका हुन । क्षेत्रीको पनि अवस्था गम्भीर रहेको चापागाईले बताएका छन् । दुर्घटनाग्रस्त ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मदनपोखराको वडा नं। ६ मा स्थायी बसोवास गर्दै आएका देवकोटा केही वर्षअघि सपरिवार बुटवल बसाइ सरेका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.