"2513058968709111" /> विद्याथीको आन्दोलनका कारण बुर्तिबाङ बजारबासीको जनजिवन प्रभावित ः - अनिश शर्मा गैरे
Breaking News
recent

विद्याथीको आन्दोलनका कारण बुर्तिबाङ बजारबासीको जनजिवन प्रभावित ः

माग पुरा गर्न प्रसासन जिम्मेवार नदेखिएको भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक ।।
मङिसर १७
बुर्तिबाङ स्थित उत्तरगंगा उच्च माध्यमिक विद्यालयमा आफ्नो नियमित पढाइ नभएको भन्दै कक्षा ११ र १२ का विद्यार्थीहरुले लगाएको ताला आज पनि खुल्न सकेको छैन ।

             विद्यालयमा अनिश्चितकाली तालाबन्दी भएसंगै दिउँसको कक्षा १ देखि १० सम्मको पठनपाठन समेत ठप्प भएको छ । समस्या समाधानका लागि आज भएको विद्र्याथी शिक्षक र अभिभावक विचको छलफलबाट  समेत कुनै निष्कर्ष निस्कन सकेन । विद्र्याथीले आफ्नो माग प्रति विद्यालय प्रशासनले चासो नदेखाएको भन्दै आन्दोलनलाइ थप चर्काउने जनाएका छन । आन्दोलका कार्यक्रम अनुसार विद्र्याथीले मङगलबार विद्यालयमा ताला लगाएका थिए भने आज बुर्तिबाङ बजार वन्दको आह्वान गरेका थिए । बजार वन्द गर्दा समेत सम्वन्धीत निकायले चासो नदेखाएको भन्दै विद्र्याथीहरुले भोली बुर्तिबाङ बजारमा  बन्द गर्ने , यातायातका साधन सञ्चालन गर्न नदिने बैङ्क , सरकारी तथा गैेरसरकारी संघ संस्था उद्योग कलकारखाना , कोचिङ सेन्टर लगाएत शैशिक संस्था बन्द गरीने यती हुदा पनि माग सुनुवाइ नभएमा आन्दोलनलाइ थप शशक्त पार्ने विद्र्याथीले चेतावनी दिएका छन  ।
आजको बन्दका कारण बुर्तिबाङ बासीको जनजिवन प्रभावित भएको छ । आज विहानै देखी बुर्तिबाङ वजार वन्द छ ।

    विद्यालयमा करिब एकहप्ता यता नियमित रुपमा पढाई सञ्चालन नभएको हुनाले विद्यार्थीहरुले विद्यालय व्यवस्थापन समिति र शिक्षक समक्ष पढाइ नियमित हुनुपर्ने माग राख्दै आए पनि त्यसको कुनै सुनुवाई नभएकाले तालाबन्दी गर्न बाध्य भएको बताएका छन् ।
  उता उच्च मा.वि. तहमा अध्यापनरत शिक्षकहरुले ५ महिनादेखि आफ्नो तलबभत्ता नपाएकाले यथासिघ्र तलबभत्ता पाउनुपर्ने माग राखी तलब नपाएसम्म अध्यापन  गर्न नसकिने बताउँदै आएका छन् । विद्यालयमा विगत लामो समयदेखि प्र.अ., प्राचार्य विवादका कारण विद्यालयमा ५ बर्षदेखि आर्थिक आय व्यय र सामाजिक लेखा परीक्षण हुन नसकेको बताइएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.