"2513058968709111" /> १४औंलघुवित्तदिवस तथा ५१ दिवसीयशान्ति र संविधान अभियानअन्र्तगत वुर्तिवाङ्गशाखामा कार्यक्रम सम्पन्न - अनिश शर्मा गैरे
Breaking News
recent

१४औंलघुवित्तदिवस तथा ५१ दिवसीयशान्ति र संविधान अभियानअन्र्तगत वुर्तिवाङ्गशाखामा कार्यक्रम सम्पन्न

मङिसर १७

राष्ट्रिय शैक्षिकतथा सामाजिक विकास संस्था,नेष्डो नेपालको १४औँ लघुवित्तदिवसएवम् ५१ दिवसीयशान्ति र संविधानकालागिजनदवाव अभियान—२०७१अन्र्तगत अभियानको तेश्रो दिन वुधवार पश्चिमवाग्लुङ्गको वुतिवाङ्गशाखामाशान्ति र संविधानको लागि जनदवाव अभियानका साथै एक दिने वार्षिक कार्यक्रम समिक्षा गोष्ठी समपन्न भएको छ ।
तोकिएको तिथिभित्र जनचाहना अनुरुपको संविधाननिर्माण, नयाँ संविधानमा महिला तथा विपन्नवर्गको आधारभुतआवश्यकताको संवोधनकालागि का लागिजनस्तरवाटदवाव सृजनागर्दै संस्थाको सेवा सुविधाको वारेमाहकवाला सदस्यको पृष्ठपोषणलिई समासामायिक सुधार गर्ने उद्देश्यले आयोजित उक्त अभियानमा पश्चिम वाग्लुङ्गका ८ गाविसका महिला स्वावलमवन केन्द्रकासदस्य, स्थानीय समाजसेवी, नागरीक समाजका सदस्यहरु समेत सयौंको संख्यामा सहभागिता रहेको थियो ।
जनदवाव अभियानका साथ वार्षिक समिक्षा क्रममाशाखा अन्र्तगत वर्षभरीमा उत्कृष्ठ कार्य गर्ने ४ वट ामहिला स्वावलम्वन केन्द्रलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत केन्द्रहरुमा बुङ्गादोभान गाविस, वडा नं.१ स्थित समाज परिवर्तन महिला स्वावलम्बन केन्द्र प्रथम, देविस्थान—३ स्थित क्षितिजमहिला स्वावलम्बन केन्द्र दित्तिय,भिमगिठे—१ स्थितमुक्तिनाथमहिला स्वावलम्बन केन्द्र तृत्तिय र बुर्तिवाङ्गगाविस वडा नं. १ स्थित बुर्तिवाङ्ग महिला स्वावलम्बन केन्द्र सान्त्वनाभएका छन् । यसै गरी कार्यक्रममा लघुवित्त सेवा विस्तारमा उत्कृष्ठ योगदान पु्¥याउने सामाजिक व्यक्तित्वहरुलाई नेष्डो स्थानीय लघुवित्तदुतवाट सम्मानगरिएको छ । यसरी सम्मानित हुनेहरुमा वाग्लुङ जिल्ला, देविस्थानगाविस वडा नं. १ निवासी समाजसेवी भिम बहादुर गुरुङ्ग, वडा नं.४ निवासीदोणपुन, वडा नं. ५ निवासी अनिता वि.क,भिमगिठे गाविस,वडा नं. ६ निवासी यमुना बुढामगर लगायत रहनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि संस्थाका संस्थापक अध्यक्ष एव्म कार्यकारी प्रमख विश्वप्रकास प्र्रसाईले लघुवित्त संस्थाहरुले दुर्गम ग्रामीण क्षेत्रमा पुगी महिला तथा विपन्नवर्गको चेतना, संगठन, आयआर्जनको साथै दर्जनौ कल्याणकारी सेवा सुविधाहरु प्रदानगर्दै आएकाले समुदायमालोकप्रिय रहेको वताउनु भयो । संस्थाले वित्तीय सेवाका अलवा शान्ति र संविधान लगायत समसामायिक साझा राष्ट्रियमुद्दामा केन्द्रित रही अभियानहरु सञ्चालनगर्दै आएको वताउदै देशमा संविधान निर्माण नभएसम्म संस्थाको जनदवाव अभियाननिरन्तर जारी रहने वताउनु भयो ।  कार्यक्रम संस्थाको वुर्तिवाङ शाखाका प्रवन्धक तारामणीपाण्डेको अध्यक्षता, लघु वित्त प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, प्रशासनअधिकृत इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञाएवम् सुचनाव्यवस्थापनअधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्नभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.