"2513058968709111" /> विभिन्न ठाउँमा सवारी दुर्घटना ७ जनाको ज्यान गयो,दर्जनौँ घाईते ।। - अनिश शर्मा गैरे
Breaking News
recent

विभिन्न ठाउँमा सवारी दुर्घटना ७ जनाको ज्यान गयो,दर्जनौँ घाईते ।।

मङिसर १७
धदिङ र बर्दियामा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
धादिङ्गमा ट्रक दुर्घटना हुदा ३ जनाको र बर्दियामा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो । काठमाण्डौबाट चितवन जाँदै गरेको ग १ ख ३९ ८६ नम्बरको ट्रक पृथ्वी राजमार्ग अन्तरगत धादिङको जोगीमारा २ हुग्दीखोलामा खस्दा ३ जनाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पर्सा चोर्नी घर भएका ३७ बर्षिय फुल महमद, २८ बर्षिय अनिल महमद र १७ बर्षिय अनवर महमद रहेका छन् । दुर्घटनमा परी २ जना घाईते भएका छन् । अझै एक जना ब्यक्ति च्यापिएको अबस्थामा रहेको प्रहरी चौकी जोगीमाराले जनाएको छ ।

उता—पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्मापुर ब्यारेकनजिक बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । मृत्यु हुनेमा तनहुँ भिमाद २ का नरहरी कडेल र महेन्द्रनगरका प्रकाश भाट रहेको प्रहरीले जनाएको छ । घाईते मध्य १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट महेन्द्रनगर जादै गरेको  ना५ख १३०७ नम्बरको यात्रुवाहक बस बिहान ४ बजे मगरागढी–८ रम्मापुर ब्यारेकनजिक अनियन्त्रीत भएर दुर्घटना भएको थियो । घाइते सबैको बाकेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसैबिच बाग्लुङमा जीप दुर्घटना हुदा सभासद् हरिबहादुर खड्का गम्भीर घाईते हुनुभएको छ ।
बाग्लुङको भकुन्डे ९ स्थित गलुवामा जिप दुर्घटना हुँदा बाग्लुङ क्षेत्र नं.१ का सभासद खड्का गम्भीर घाइते हुनुभएको हो । बलेवा पैयुपाटा बहुमुखी क्याम्पसको आयोजना आज देखि सुरुहुन लागेको महायज्ञमा सहभागी हुन जाँदै गर्दा जिप दुर्घटनामा सभासद खड्कासहित तीनजना घाइते भएका प्रहरीले जनाएको छ । कच्ची बाटोका कारण जिप पटिल्दा च्यापिएर खड्काको टाउकोमा गहिरो चोट लागेको बताइएको छ । खड्काको अहिले धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.