"2513058968709111" /> गुल्मी सेवा समाज कतारद्वारा पहिरो पिडितलाई आर्थिक सहयोग - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी सेवा समाज कतारद्वारा पहिरो पिडितलाई आर्थिक सहयोग


कुमार अविरल पन्थी, कतार मङ्सीर १७ । 
गुल्मी सेवा समाज कतारले गुल्मी अग्लुंगका पहिरो पिडितलाई ४०,१५० रुपैया आर्थिक सहयोग गरेको छ । सिमलटारी फ्रेन्ड्स क्लवको आयोजनामा सिमलटारीको मालिका उच्च मा.वि.मा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सो आर्थिक रकम पीडितका परिवारलाई हस्तारन्तरण गरिएको थियो । गुल्मी सेवा समाज कतारका सह–सचिव केशव कंडेल,सदस्य नारायण के.सी., ज्ञानेन्द्र घिमिरे, अविरल अजित लगायतको उपस्थितिमा उक्त रकम पिडित परिवारका दुई दाजुभाइलाई हस्तान्तरण गर्नु भएको थियो । गुल्मी सेवा समाज कतारले संचालन गरेको राहत सङ्कलन अभियान र हिन्दुहरुको दोश्रो महान पर्व शुभ दिपावलीको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट सङ्कलन भएको उक्त रकम अग्लुङका पहिरो पीडितलाई पठाईएको हो । गत असार महिनाको ५ गते राती अविरल वर्षापछी गएको पहिरोले घर पुरीदा एकै परिवारका ९ जनाको मृत्यु भएको थियो । राती परेको अविरल बर्षाको कारण १ सय ५० मिटर माथीबाट झरेको पहिरोले घर पुर्नुका साथै बगाएको थियो । सदरमुकाम तम्घासबाट ४२ किलोमिटर पश्चिममा पर्ने अग्लुङ गुल्मीको अती विकट ठाउँ हो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.