"2513058968709111" /> बुतिबाङ्मा रहेको उत्तरगंगा उमाविमा विद्र्याथीले लगाएको ताला खुल्यो ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बुतिबाङ्मा रहेको उत्तरगंगा उमाविमा विद्र्याथीले लगाएको ताला खुल्यो ।।

मसिंर १८
बुर्तिबाङ स्थित उत्तरगंगा उच्च माध्यमिक विद्यालयमा आफ्नो नियमित पढाइ नभएको भन्दै कक्षा ११ र १२ का विद्यार्थीहरुले विद्यालयमा लगाएका ताला आज खुलेको छ  ।
विद्यालयको ताला खुलेसँगै विद्यार्थीले आह्वान गरेको बजार बन्द पनि खुलेको छ । वजार बन्द खुलाउन तथा विद्यालयमा लगाइएको ताला खुलाउनका लागी आज विहान यहाका स्थानिय राजनितिक दलका प्रतिनिधी , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , इलाका प्रहरी  कार्यलय बुर्तिबाङका प्रतिनिधी , शिक्षक , विद्र्याथी विच छलफल भएको थियो ।
उक्त छलफलबाट एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख लोक बहादुर कुवरको संयोजकत्वमा १९ सदस्यिय समिति गठन गरी सोही समितिले विद्र्याथीको माग पुरा गराउने प्रतिवद्धताका साथ विद्र्याथीले आह्वान गरेको बुर्तिबाङ वजार वन्द खुलेको हो । समितिलाइ विद्र्याथीका माग पुरा गराउनका लागी मङसिर मसान्त सम्मको समय दिइएको बताइएको छ । बजार वन्द खुले सगै जनजिवन सामान्य बन्दै गइरहेको छ ।
विद्यालयमा करिब एकहप्ता यता नियमित रुपमा पढाई सञ्चालन नभएको हुनाले विद्यार्थीहरुले विद्यालय व्यवस्थापन समिति र शिक्षक समक्ष पढाइ नियमित हुनुपर्ने माग राख्दै आए पनि त्यसको कुनै सुनुवाई नभएको भन्दै विद्र्याथीले मङगलबार विद्यालयमा ताला लगाएका थिए भने हिजो र आज बुर्तिबाङ बजार वन्दको आह्वान गरेका थिए । बन्द खुलेसँगै अहिले बुर्तिबाङ बजारमा चहलपहल बढ्न थालेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.