"2513058968709111" /> डीभी र पिआर लिएका सरकारी कर्मचारीको विवरण माग ।। - अनिश शर्मा गैरे
Breaking News
recent

डीभी र पिआर लिएका सरकारी कर्मचारीको विवरण माग ।।

मङिसर १७
संसदीय समितिले डीभी र पिआर लिएका कर्मचारीको बिबरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले डीभी र पिआर लिएका सरकारी कर्मचारीको विवरण माग गरेको हो । समितिको बिहान बसेको बैठकले तीन दिन भित्र त्यस्तो सुविधा लिएका कर्मचारीको विवरण बुझाउन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निर्देशन दिएको छ । बैठकमा भएको लामो छलफल पछि समितिले यस्तो निर्देशन दिएको समिति सदस्य सभासद यज्ञ सनुवारले जानकारी दिनुभयो । निजामती ऐन संशोधन विधेयकमाथिको छलफलमा सभासदहरुले डीभी र पिआर लिएका कर्मचारी कति छन् रु भनेर बैठकमा उपस्थित मन्त्री पण्डितसँग प्रश्न गरेका थिए । बैठकमा अष्ट्रेलियाको पीआर लिनु भएका भरत सुवेदीका विषयमा चर्को आलोचना भएको थियो । छलफलपछि डीभी र पिआर लिने कार्मचारीको विवरण हेर्न आवश्क रहेको समितिले निष्कर्ष निकाल्दै विवरण उपलब्ध गराउन मन्त्री पण्डितलाई निर्देशन दिएको सनुवारले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.